प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना व्यक्त
काठमाडा– प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।
‘छठ पर्व’को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले मूख्यरुपमा तराई–मधेसमा मनाइने छठ पर्व अहिले मुलुकका अन्य भूभागमा पनि उत्तिकै हर्षोल्साससाथ मनाइन थालेको भन्दै खुसी व्यक्त गरेका छन् । ‘एउटा समुदायले मात्र मनाउने परम्परालाई अन्य समुदायले पनि आत्मसात गर्ने र मनाउने फराकिलो सस्कृतिको विकास भएको छ । यसले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र सौहाद्रतामा वृद्धि गरेको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘छठ पर्वको सांस्कृतिक विस्तारले मुलुकलाई झन् एकताबद्ध बनाएको छ ।’
प्रधानमन्त्रीले छठ पर्वले पनि हरेक जात, धर्म, वर्ण, क्षेत्र र सम्प्रदायका नेपालीलाई एकताको सूत्रमा उनिएर प्रगतिको बाटोमा अगाडि बढ्न अझै प्रेरणा मिलोस् भन्ने कामना पनि व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले छठ पर्वको अवसरमा समृद्धि र विकासका लागि सुरु भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को महाअभियानमा सम्पूर्ण नेपाली दिदीबिहनी एवं दाजुभाइहरुलाई गोलबद्ध हुन अपिल पनि गरेका छन् ।
संसारका सम्पूर्ण भौतिक र प्राकृतिक विकास ‘सूर्य’ मा नै आधारित रहेको बताउ“दै प्रधानमन्त्रद्दीले सूर्यको प्रकाशको विना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तुलगायत कसैको पनि अस्तित्व रहन नसक्ने बताएका छन् । ‘पृथ्वीमा उर्जाको सबै भन्दा शक्तिशाली स्रोत सूर्यको आराधना गर्नु सांस्कृतिक र धार्मिक विश्वासको निरन्तरता मात्र होइन, सूर्यको उपासना बैज्ञानिक दृष्टिले पनि उपयुक्त छ,’ शुभकामना सन्देशमा भनिएको छ ।
आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै मुलुक अब गरिबीको दुश्चक्रबाट मुक्त हुनुपर्ने बताउँदै आएको स्मरण गर्दै प्रधानमन्त्रीले त्यसका लागि सरकारले काम गरिरहेको उल्लेख गरेका छन् । अबको चार बर्षभित्र मुलुकलाई विकास र समृद्धिको मार्गमा हिंडाउने दृढ संकल्प प्रधानमन्त्रीले दोहो¥याउनुभएको छ । ‘मुलुकमा राजनीतिक स्थायित्व कायम भएको छ । अब हामी अल्झिनुपर्ने कुनै कुनै मुद्दा र बिषय बाकी छ्रैन् । मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्नुछ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘मुलुकलाई समृद्ध बनाउने अभियानमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारहरुले काम गरिरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवाैँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगितामाकाे तयारी पूरा, १८ टाेलीबिच प्रतिस्पर्धा हुने
-
कर फेरबदलमा अर्थसचिवको स्पष्टीकरण, ‘जेठ १४ को राति १२ बजेपछि मात्रै अर्थमन्त्रीले दरका विकल्पहरू पाउनुहुन्छ’
-
इरानले हानेका २० मिसाइल खसालेको जोर्डनको दाबी
-
विश्वकप फुटबल : नेपालमा जर्सी किन्नेहरूको भिड (तस्बिरहरू)
-
आन्तरिक ऋणमा सरकारले यसपटक पनि लत्यायो वित्त आयोगको सिफारिस
-
ईभी भन्सार दर परिवर्तनको विवाद : लेखा समितिमा सांसदहरू दुई धारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण