शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मलेसियाको फेशन विकमा नेपाली पहिरन

सोमबार, २६ कात्तिक २०७५, ११ : ०९
सोमबार, २६ कात्तिक २०७५

मलेसिया – शुक्रवार देखि मलेसियामा सुरु भएको ‘इन्टरनेसनल आइपी ओ एच फेशन विक २०१८’मा नेपालका पहिरन पनि प्रस्तसत गरिएका छन् । डिजाइनरद्वय दीपा तिवारी र सुष्मिता आलेले आफुले डिजाइन गरेका नेपाली पहिरन त्यहाँ प्रस्तुत गरेका हुन् । 
फेशन विकमा तमिल र चाइनिज मोडलले प्रयोग गर्ने २० विभिन्न नेपाली डिजाइनर २ सिक्वेन्समा प्रस्तुत गरेका थिए । दुवै सिक्वेन्समा मोडलहरूले र्याम्प नापेपछि नेपाली डिजाइनको प्रशस्त तारिफ भएको थियो ।
मलेसियाको पेरेक स्टेटको आइपीओएच सहरको होटेल सेरुनमा आयोजित सोमा फेशन डिजाइनर संघ र नेपाल फेशन फेडेरेसनको सक्रियतामा सेन्ट्रल फेशन हब, ललितपुरबाट भर्खरै फेशन डिजाइनिंग कोर्स सकाएका डिजाइनरद्वय दीपा तिवारी र सुष्मिता आलेले भाग लिएका थिए । 
सोको शुक्रवार उद्घाटन सत्रमा नेपालसँगै मलेसिया, सिङ्गापुर, चिन र भारतको डिजाइनरहरुको सहभागिता रहेको थियो । भव्यरुपमा आयोजित कार्यक्रममा मलेसियाका विभिन्न सरकारी प्रतिनिधिसँगै मलेसियाका राजपरिवारका सदस्यको पनि उपस्थिति रहेको थियो । फेशन विक आगामी नोवेम्बर ११ सम्म चल्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप