भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको निधन, प्रधानमन्त्री मोदीद्वारा शोक व्यक्त
सोमबार, २६ कात्तिक २०७५, ०९ : ०६
काठमाडौं । भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको निधन भएको छ । क्यान्सरबाट पीडित मन्त्री अनन्तकुमारको ५९ वर्षको उमेरमा निधन भएको हो ।
संसदीय कार्य मन्त्री अनन्तकुमार बैंगलुरुस्थित एक निजी अस्पतालमा उपचार गराइरहेका थिए ।
मन्त्री अनन्तकुमारको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् । उनले केही मन्त्रालय सम्हालेको र भाजपा संगठनको लागि ठूलो योगदान दिएको बताए ।
सन् २०१४ मा केमिकल्स एण्ड फर्टिलाइजर मन्त्री समेत रहेका अनन्तकुमार १९९६ मा बैंगलुरु दक्षिणबाट लोकसभा सदस्य बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
-
सरकारका १०० दिनः कर्मचारीलाई १५ दिनमा तलबदेखि पेन्सनमा राहतसम्म
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण