मेस्सी फर्किए तर सात गोलको थ्रिलरमा बार्सा पराजित
एजेन्सी । सात गोलको रोमाञ्चक खेलमा बार्सिलोना आफ्नै घरेलु मैदानमा रियल बेटिससँग स्तब्ध बनेको छ ।
२० वर्षपछि क्याम्प नाउमा जीत निकाल्ने क्रममा बेटिस ४–३ गोलअन्तरले विजयी भएको हो ।
जुनियर फिर्पो र वाकिनको गोलको मद्दतले बेटिसले खेलको पहिलो हाफमा अप्रत्यासित अग्रता लिएको थियो ।
तर, चोटमुक्त भएर मैदानमा फर्किएका कप्तान मेस्सीले खेलको दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्दै बार्सालाई खेलमा फर्काउने प्रयास गरे ।
यद्यपि, तीन मिनेटपछि नै जियोभानी लो सेलेसोले पुनः बेटिसको अग्रता दोब्बर बनाए
।
त्यसपछि एलेक्सीस भिडालले बार्साका लागि गोल गर्दै खेल ३–२ को स्थितिमा पुर्याए ।
खेलको ८१ औँ मिनेटमा रातो कार्ड खाँदै इभान र्याकिटिचले मैदान छाड्न बाध्य भएपछि बार्सिलोना १० खेलाडीमा सिमित बन्यो ।
यसको फाइदा उठाउँदै सर्जियो कानालेसले बेटिसको अग्रता पुनः दोब्बर बनाए ।
मेस्सीले खेलको इन्जुरी समयमा अर्को गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
रक्षापंक्तिमा बार्सिलोना पछिल्लो २० वर्षमा सबैभन्दा खराब फर्मबाट गुज्रिरहेको छ । बार्सिलोनाले ला लिगाको लगातार १० खेलमा कम्तिमा एक गोल खाएको छ ।
पछिल्लो पटक सन् १९९८ मा लुइस भान गालको नेतृत्वमा बार्सिलोनाले लगातार १२ खेलमा क्लिन सिट राख्न असफल भएको थियो ।
पराजयका बावजुद बार्सिलोना लिगको शीर्ष स्थानमा कायम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण