बोक्सीको आरोपमा खातुनमाथि निर्ममतापूर्वक कुटपिट
धनुषा । धनुषामा एक महिलामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ । सबैला नगरपालिका–१२ रघुनाथपुर निवासी ३७ वर्षीया जुलेखा खातुनले बोक्सीको आरोपमा आफूमाथि कुटपिट गरी क्रूर अमानवीय व्यवहार गरिएको भन्दै प्रहरीमा जाहेरी दिएपछि घटना बाहिरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित खातुनले आफूलाई छ जना स्थानीयवासीले बोक्सीको आरोप लगाउँदै निर्ममतापूर्वक कुटपिट गरेको भन्दै जाहेरी दिएकी छन् ।
स्थानीय रहिमन कवारीकी पत्नी खैतुन खातुन, जुमरात राइनकी पत्नी अजिमा खातुन, ओकराहावाला भन्ने जुमरत राइन, मो हबिब राइन, मो. समिम राइन र अैलुन राईनलगायतका व्यक्तिले बोक्सी भन्दै आफूमाथि कुटपिट गरेको पीडित खातुनले जाहेरीमा उल्लेख गरेकी छिन् ।
पीडित खातुनले कात्तिक १३ गते दिउँसो आफ्नै घरमा खाना खाएर आराम गरिरहेको समयमा घरमै प्रवेश गरी तिनीहरुले गाली बेइज्जत गर्दै घरबाट बाहिर ल्याई आफूलाई बोक्सी भन्दै निर्घात कुटपिट गरेको जाहेरीमा उल्लेख गरेकी छिन् ।
पीडितले भनिन्, ‘कपाल समातेर लछारपछार गर्दै सार्वजनिक रुपमा नै ममाथि कुटपिट भयो, बोक्सीको आरोपमा बदनाम गरियो, म एउटी महिलामाथि पर पुरुषहरुले लछारपछार गरे, कुटपिट गरे, मेरो सामाजिक अपमान गरियो र मैले न्याय पाउनुपर्छ ।’
पीडित खातुनले विपक्षीहरुको डरले आफूलाई गाउँलेले समेत साथ दिन छोडेको र इलाका प्रहरी कार्यालय सबैखालका प्रहरी सहायक निरीक्षकले समेत उल्टै आफूलाई नै धम्काएर पठाएको बताइन् ।
पीडित खातुनकी सासू गुब्दी खातुन र ससुरा इस्लाम कवारीले उनीहरुले आफ्नो बुहारीलाई अनाहकमा कुटपिट गरेको र गाउँमा बोलाइएको पञ्चायतमा समेत उल्टै आफूहरुलाई नै गलत साबित गर्ने प्रपञ्च रचिएको दुःखेसो सुनाए ।
पीडित महिलाका पति वैदेशिक रोजगारको क्रममा साउदीमा छन् । धनुषामा यसअघि पनि धनौजी गाउँपालिकामा एक दलित महिलालाई गाउँका कथित पञ्चहरुले जबर्जस्ती बोक्सी रहेको स्वीकार गर्न लगाई सार्वजनिक रुपमा कुटपिट गर्दै एक लाख नगद दण्ड जरिवाना गर्न लगाएको घटना सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण