विकासमा चिनियाँ अनुभव आदानप्रदान गर्न तयार छौं : चिनियाँ राजदूत
बुटवल– ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत यु होङले आज भेटवार्ता गरेकी छन् । भेटमा लुम्बिनीको पर्यटन प्रवद्र्धन, कृषिको विकास र उद्योगमा चिनियाँ लगानीबारे छलफल भएको छ ।
मुख्यमन्त्री पोख्रेलले यो प्रदेशमा पर्यटन विकास र कृषि उत्पादनको प्रचुर सम्भावना रहेको जानकारी गराउँदै पर्यटन प्रर्वद्धन र कृषिको व्यवसायिक विकासमा चिनियाँ अनुभव हाम्रा लागि काम लाग्ने बताएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी जनाएका छन् ।
मुख्यमन्त्रीले नेपालको विकासमा चिनियाँ सद्भाव सधैं रहेकोले महामहिम राजदूतमार्फत चिनियाँ सरकारप्रति धन्यवाद व्यक्त गरे । उनले चिनियाँ रेल काठमाडौं हुँदै लुम्बिनी आउने कुरा सुन्दा खुशी लागेको र छिट्टै रेल लुम्बिनी आउने विश्वास व्यक्त गरे ।
राजदूत होङले कृषिको विकासमा चीनले सहकार्य गर्दै आएको र आगामी दिनमा अझै बढाउने बताएकी छन् । उनले विकासमा चिनियाँ अनुभव र प्रविधि आदानप्रदान गरी अघि बढ्न चीन तयार रहेको बताइन् ।
राजदूत होङले उपयुक्त समयमा चीनको भ्रमणका लागि पनि मुख्यमन्त्रीलाई निमन्त्रणा समेत गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
-
२०१२ को दिल्ली बलात्कारको झल्को दिने गरी भारतमा अर्को क्रूर सामूहिक बलात्कार
-
नेपालमा सार्वजनिक भयो जीडब्लुएम ओरा ५ ईभी, एकपटकको चार्जमा ५२० किमिसम्म चल्ने दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण