आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

खासोग्गी हत्याः टर्कीले साउदी अरब, अमेरिकालाई दियो ‘टेप’

आइतबार, २५ कात्तिक २०७५, १२ : ००
आइतबार, २५ कात्तिक २०७५

बीबीसी

टर्कीले साउदी पत्रकार जमाल खासोग्गीको हत्यासँग जोडिएको रेकर्डिङ अमेरिका, ब्रिटेन र साउदी अरबसँग साझा गरेको जानकारी दिएको छ ।

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले खासोग्गीको हत्या कसले गरेको भन्ने बारे साउदी अरबलाई राम्रो सँग  थाहा भएको एकपटक पुनः दाबी गरेका छन् ।

टर्कीका राष्ट्रपति अर्दोआनले शनिबार टिभीमा प्रसारित भाषणमा भने, ‘हामीले साउदी अरब, वासिङ्टन, जर्मनी फ्रान्स र इंगल्याण्डलाई रेकर्डिङ दिएका छौं ।’

उनले भने, ‘दूतावासभित्र भएको वार्तालाप मैले राम्रोसँग सुनेको छु । उनीहरुलाई यो थाहा छ ।’

यद्यपी, अन्य कुनै देशले अहिलेसम्म उक्त रेकर्डिङ सुनेको बारे कुनै जानकारी दिएका छैनन् ।

बीबीसीले जब शनिबार ब्रिटेनका विदेश मन्त्रालयसँग जानकारी माग्दा उनीहरुले न त टेप पाएको पुष्टि गरे न नै अस्विकार गरे ।

खासोग्गीकी प्रेमिका हतिजे जेग्गिजले संसारका नेतासँग दोषीलाई न्यायको परिधिमा ल्याउन अपिल गरेका छन् ।

पत्रकार खासोग्गी साउदी शासन विशेषगरी युवराज मोहम्मद बिन सलमानको आलोचक मानिन्थे । अक्टोबर दुई तारिखमा इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा उनको हत्या भएको थियो ।

साउदी अरबले खासोग्गीको हत्या दूतावासभित्रै गरिएको थियो भन्नेबारे पुष्टि त गरेको छ तर यसमा शाही परिवारको कुनै पनि भूमिकाको दाबीलाई गलत बताएको थियो ।

यसअघि साउदी अरबले खासोग्गी दूतावासबाट सुरक्षित बाहिर निस्किएका थिए भन्ने गलत जानकारी सार्वजनिक गरेको थियो ।

टर्कीले खासोग्गीको हत्याका लागि सार्वजनिक रुपमा साउदी अरबलाई दोषी ठहराएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप