महिला विश्वकपको अहिले नै लाखौँ टिकट बिक्री

पेरिस- अर्को वर्ष सन् २०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री भइसकेको छ ।
अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले आयोजना गरेको प्रतियोगिताका लागि गत सेप्टेम्बरदेखि टिकट बिक्री शुरु भएकोमा अहिलेसम्म एक लाख ५० हजारभन्दा बढी टिकट बिक्री भइसकेको हो ।
फिफाले बिहीबार दिएको जानकारीअनुसार टिकट किन्नेमध्ये सबैभन्दा धेरै फ्रान्स र बेलायतका रहेका छन् ।
प्रतियोगिताका लागि दश लाखभन्दा बढी टिकट बिक्री गर्न सकिने फिफाको अनुमान छ । टिकटसम्बन्धी नौ वटा प्याकजे बनाइएको फिफाले जनाएको छ । व्यक्तिगत टिकट भने यही आउँदो डिसेम्बर २३ देखि बिक्री शुरु हुनेछ ।
प्रतियोगिता आउँदो सन् २०१९ को जुन ७ देखि जुलाई ७ सम्म हुने तय भएको छ । ग्रेनोबल, ले हाभ्रे, लिओन, मोन्टपेल्लीर, नाइस, पेरिस, रेम्स, रेन्नेज र भ्यालेन्सीन्नजमा खेलहरू हुने भएका छन् ।
सेमी फाइनल र फाइनल खेल लियोनमा गर्ने तालिका बनाइएको छ । त्यस खेलहरूका लागि झण्डै २२ हजारभन्दा बढी प्याकेज तीन महिनाका लागि बिक्री भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला टी–२० विश्वकप छनोटमा नेपालले बहराइनलाई हरायो
-
भारतले भन्यो - पश्चिमी सीमामा ड्रोन आक्रमण गरियो
-
अवसरवादीले आफूविरुद्ध भ्रम छर्ने काम गरेको प्रचण्डको आरोप
-
स्वच्छ हावाको लागि ध्यानाकर्षण गर्न टुँडिखेलमा मानव साङ्लो (तस्बिरहरू)
-
सङ्घीयतालाई बलियो बनाउन तीनै तहको सरकार आत्मनिर्भर बन्नुपर्छ : महर्जन
-
छ महिनापछि घर फर्किए टिंकरवासी