शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘अञ्जली दिदी’ ले लगाइदिइन्  करिब २०० जनालाई भाइटीका

शुक्रबार, २३ कात्तिक २०७५, २० : ३३
शुक्रबार, २३ कात्तिक २०७५

काठमाडौं–दिदीबहिनीको हातको टीका लगाउन नपाएका र दिदीबहिनी नभएकालाई सबैकी साझा दिदी अन्जली मास्केले भाइटीका लगाइ दिएकी छन् । 

मास्केले करिब २०० जनालाई टीका लगाइ दिएकी हुन् । उनले सगुन भने २०८ जनालाई तयारी गरेकी थिइन् । 
विसं २०५५ देखि अञ्जली दिदीले सामूहिक भाइटीका लगाउँदै आएकी छन् । 

मास्केका हातबाट टीका लगाउन नेपाली र विदेशीको सहभागिता थियो । मास्केले धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाएर सयपत्री फूलको माला, सप्तरङ्गी टीका लगाइदिँदै आशीर्वाद दिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप