शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेस एक हुन्छ, पार्टीभित्र कुनै समस्या छैन : सभापति देउवा

बिहीबार, २२ कात्तिक २०७५, २१ : ५०
बिहीबार, २२ कात्तिक २०७५

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब पार्टी एक ढिक्क भएर अघि बढ्ने स्पष्ट पारेका छन् । 
बिहीबार साँझ रिपोर्टर्स क्लब नेपालले देउवा निवास बुढानिलकण्ठमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले भने,‘अब कांग्रेस एक हुन्छ । पार्टीभित्र यतिवेला कुनै समस्या छैन् ।’
उनले पार्टीको महासमिति बैठक अब निर्धारित मितिबाट नसर्नेपनि दाबी गरे । उनले भने,‘मंसिर २८ गतेदेखि पुष ३ गतेसम्म महासमिति बैठक काठमाडौंमा बस्छ, अब बैठक सर्दैन् । हामी पार्टीलाई सुदृढ बनाएर लैजान्छौं ।’ कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नेपनि उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप