उत्तर कोरियासँगको उच्चस्तरीय वार्ता एक्कासि स्थगित
वासिङटन– अमेरिकी विदेशमन्त्रालयले एक उत्तर कोरियाली उच्च अधिकारीसँग न्यूयोर्कमा भेट हुने गरी तय भएको अमेरिकी राष्ट्रपतिको भेटवार्ताको कार्यक्रम एक्कासी रोकिएको बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली उच्च अधिकारीसहितको एक प्रतिनिधिमण्डलसँग बिहीबार हुनेगरी बनाइएको कार्यक्रम तत्कालका लागि रोकिएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हिदर नौएटले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रपतिसँगको भेटवार्ता छिट्टै तर अर्को मितिमा हुनेगरी सरेको विदेश मन्त्री माइक पोम्पेओले जनाए । विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भेटवार्ताको मिति सर्नुको कारण खुलाइएको छैन ।
यद्यपि अमेरिकाले उत्तर कोरियालाई प्रतिबन्ध हटाउनुपर्ने माग अघि सारेकाले भेटवार्ता तत्कालका लागि हुने सम्भावना नदेखिएको विदेश मन्त्रालय सम्बद्ध केही अधिकारीले नाम नखुलाउने शर्तमा बताए ।
अमेरिकी विदेश मन्त्रालयले एक दिन पहिले उत्तर कोरियाली नेता किम जोङ अनको दायाँ हात मानिने किम योङ चोलसँग भेट्ने जानकारी गराएको थियो तर बुधबार एकाएक उक्त भेटवार्ताको कार्यक्रम रद्द भएको जनाइएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण