कपिलवस्तुमा सबै धर्माबलम्वीहरुबीच सद्भावको प्रतिबद्धता
बुटवल– कपिलवस्तुका सबै धर्मलम्वीहरु एकले अर्काको धर्मको सम्मान गर्दै सद्भावपूर्ण समाज निर्माणका लागि प्रतिबद्ध भएका छन् । यसै वर्षको दशैंमा कपिलवस्तुमा दुर्गा पुजा सेलाउने क्रममा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपलाई ध्यानमा राखी बुधवार प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सबैले सो प्रतिबद्धता गरेका हुन् ।
सबै धर्माबलम्बीबीच आयोजना गरेको अन्तरक्रिया र सद्भाव, धर्मसंस्कृति सम्बद्र्धन र प्रर्वद्धन बिषयक अन्तरक्रिया कार्यक्रममा हिन्दु, मुस्लिम र क्रियश्चियन लगायतका धर्म गुरु, सबै राजनैतिक दल र अन्य सरोकारवालाहरुले सो प्रतिबद्धता गरेका हुन् । कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित जिल्ला समन्व्य समितिको सभा हलमा राखिएको बैठकमा तिहारसहित कुनै पनि चाडपर्व र अन्य विषयमा कुनै पनि धर्म समुदायबीच सद्भावपुर्ण व्यवहार गर्ने, एकले अर्को धर्म संस्कारको सम्मान गर्ने बिषयमा प्रतिबद्दता जनाएका थिए ।
बैठकलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले हरेक जातजाति र धर्म संस्कृतिहरु सबैको साझा र एकदेखि अर्कालाई जोड्ने सुत्र भएको उल्लेख गरे । उनले हरेकले आफुलाई हामी सबै नेपाली हौं, धर्म संस्कार हाम्रा आ–आफ्नो पुर्खाका चिनो हुन् र त्यसको संरक्षण गर्नु पर्छ भन्ने सोच राख्दै समाजमा शान्ति र सद्भाव ल्याउन सबै पक्षसँग आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण