यस वर्षको तिहारमा फूल सस्तियो
काठमाडौं– यस वर्षको तिहारमा नेपाली बजारमा फूल धेरै सस्तोमा पाइएको छ । तिहारको फूल खरिद गर्नका लागि काठमाडौंको असन, न्यूरोड र इन्द्रचोक पुगेका सर्वसाधारणले फूल गत वर्षको भन्दा धेरै जस्तोमा पाइएको बताएका हुन् ।
उनीहरुले भारतबाट अत्याधिक फूलको आयात भएकाले पनि नेपाली बजारमा फूलको मूल्य ह्वात्तै घटेको पनि जानकारी गराएका छन् । काठमाडौंका यादवेन्द्र श्रेष्ठले फूल धेरै सस्तोमा खरिद गर्न पाइएको बताए ।
यता, फूल व्यापारीहरुले भने भारतबाट अत्याधिक मात्रामा भित्रिएकाले यस वर्षको तिहारमा फूलको व्यापार घटन भएको बताएका छन् । काभ्रे कोशीपारिका व्यापारी राजेश्वर गौतमले गतवर्ष ४ हजारमा बेचिएको फूल यसवर्ष २ सयमा पनि बिक्री हुन नसकेको गुनासो गरे ।
नेपालमा यसवर्ष फूलको उत्पादन धेरै भएकाले पनि यसको मूल्य घटन गएको हो । काभ्रे पाँचखालका फूल व्यवसायी सरोज कारिदासले नेपालमा धेरै उत्पादन भएकाले पनि फूलको व्यापार घटन गएको बताएका छन् ।
तिहारलाई फूलको पर्वको रुपमा पनि लिईन्छ । तर यस वर्षको तिहारमा धेरै उत्पादन भएका कारण सस्तोमा फूलको व्यापार गर्नुपरेको व्यवसायीहरुको भनाई छ । तिहार पर्वमा सयपत्री, गोदावरी र मखमली फूलको प्रयोग गर्ने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख १२ देखि सुरु हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?
-
भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु