एनएफपिजेको आयोजनामा देउसी भैलो
काठमाडौँ– तिहारको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ ।
संस्थामार्फत् देशैभरिका फोटो पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आज नयाँ बानेश्वरस्थित एनएफपिजेका केन्द्रीय अध्यक्ष राजेन्द्र चित्रकार निवासबाट देउसी भैलो कार्यक्रम शुरु भएको हो । भैलोमा संस्थाका पूर्वअध्यक्ष कविन्द्रमान शाक्य, धादिङ शाखाका अध्यक्ष नारायण सिल्वाल, केन्द्रीय उपाध्यक्ष कृष्ण खड्का र महासचिव प्रदीजराज वन्तलगायतका फोटो पत्रकार सहभागी रहेका थिए ।
भैलोमा लोक तथा दोहोरी गायक दिनेश थापालगातयका कलाकारले आफ्नो प्रस्तुति दिएर मनोरञ्जन प्रदान गरेका थिए । सोही अवसरमा सल्लाहकार शाक्यले देशैभरिका सम्पूर्ण फोटो पत्रकारको क्षमता अभिवृद्धि र अधिकारका लागि एक जुट हुनुपर्नेमा जोड दिए ।
धादिङ शाखाका अध्यक्ष सिल्वालले केन्द्रका भन्दा पनि मोफसलका फोटो पत्रकारको क्षमता वृद्धिमा जोड दिनुपर्ने बताए । केन्द्रीय अध्यक्ष चित्रकारले एनएफपिजेमा आबद्ध हुन सम्पूर्ण फोटो पत्रकारलाई आग्रह गरे । देउसीबाट रु ३५ हजार सङ्कलन भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाका कारण कैलाली–कञ्चनपुरका धेरै स्थान डुबानमा
-
लोकतन्त्रका ऋषि : गिरिजाबाबु
-
भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
-
सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण