प्रधानमन्त्री ओलीले दिए भुटानका प्रधानमन्त्रीलाई शुभकामना
बुधबार, २१ कात्तिक २०७५, १४ : ०९
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले डा.लोते छिरिङलाई उनले भुटानको प्रधानमन्त्रीको उच्च पद सम्हाल्नुभएकोमा शुभकामना व्यक्त गरेका छन् ।
परराष्ट्र मन्त्रालयद्वारा आज प्रकाशित विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीले आज पठाउनुभएको सन्देशमा प्रधानमन्त्री छिरिङको सफल कार्यकालको कामना पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध अझ बढी मजबुत बनाउन निकटमा रहेर कार्य गर्ने तथा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा साझा सवाललाई अघि बढाउने चाहना पनि व्यक्त गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण