शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘अब कैदीबन्दीहरुका लागि खुल्ला कारागार’

आइतबार, ०८ साउन २०७४, २० : ००
आइतबार, ०८ साउन २०७४

गुल्मी– नायव महान्याधीवक्ता वद्रीप्रसाद गौतमले कैदी बन्दीहरुका लागि अब खुल्ला कारागार बनाइने बताएका छन् । जिल्ला कारागार गुल्मीको निरीक्षण गर्न तम्घास आइपुगेका गौतमले नयाँ संविधानमा खुल्ला कारागार उल्लेख भएको र त्यसको नीति निर्माण भएपछि भोलिका दिनमा बन्दीहरु कारागारभित्र नभएर बाहिर खुल्ला काममा लगाउन सकिने बताए । 

‘चीनमा कैदीहरुलाई कारागारमा होइन, विभिन्न सरकारी कार्यालय निर्माण र  राज्यले गर्ने अन्य निर्माणस्थलमा श्रम गर्न लगाइन्छ’, गौतमले भने, ‘नेपालमा पनि अहिलेको संविधानले त्यही परिकल्पना गरेकोले दलहरुले नीति निर्माणमा  ऐक्यबद्धता जनाएमा  नेपालमा पनि कैदीबन्दीहरुलाइृ कारागार भित्र नभई वाहिर काममा लगाउन सकिन्छ ।’ 

गौतमले गुल्मीको जिल्ला कारागार असुक्षित र कम क्षमताको भएको पनि स्पष्ट गरे । यो कारागार धेरै पुरानो र साँघुरो रहेको उल्लेख गर्दै गौतमले खेल मैदानसहित फराकिलो र सुरक्षित स्थानमा कारागार बनाउनु पर्ने बताए । गुल्मीका कैदीलागयतका सामग्री बनाउने लगायतको काममा प्रोत्साहित गर्दै कारागारलाई सुधार गृहका रुपमा विकास गरेको भन्दै गौतमले प्रशंशा गरेका छन् । 

कारागारभित्र वसेर आफुहरुलाई सुधार गर्दै यहाँका बन्दीहरुले घर खर्चसमेत जुटाउन सकेको प्रगतिलाई अन्य जिल्लाका वन्दीहरुले पनि अनुशरण गर्नुपर्ने सुझाव  दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप