शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंका र निकको विवाहमा बलिउडका कसैलाई पनि निम्तो छैन

बुधबार, २१ कात्तिक २०७५, ०९ : ०५
बुधबार, २१ कात्तिक २०७५

बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको डिसेम्बर दुई तारिखमा हुने भनिएको विवाहमा बलिउडका कसैलाई निम्तो नभएको बताइएको छ ।

पिंकभिल्लाको एक रिपोर्ट अनुसार प्रियंका र निकको विवाह निकै नजिकका साथी र आफन्तका बीचमा निकै गोप्य तरिकाले गरिने बताइएको छ । उनीहरुको विवाहमा बलिउडका कसैलाई पनि आमन्त्रण नगरिएको रिपोर्टमा दाबी गरिएको छ ।

प्रियंका र निकको विवाह जोधपुरस्थित उमैद भवन प्यालेस होटलमा हुने बताइएको छ भने विवाह अघि आयोजना गरिने संगीतलगायतका कार्यक्रम नोभेम्बर ३० र डिसेम्बर एक तारिखमा मेहरानगर फर्टमा हुनेछ ।

यस्तै, बलिउडकै अर्का जोडी दीपिका पादुकोण र रणबीर सिंहको रिसेप्सन डिसेम्बर १ मा मुम्बईमा आयोजना हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप