काँग्रेस महासमिति बैठक मंसिर २८ बाट, गच्छदार बने उपसभापति
मङ्गलबार, २० कात्तिक २०७५, १६ : १५
काठमाडौँ । मंसिर ५ देखि ९ गतेसम्मका लागि बोलाइएको नेपाली काँग्रेसको महासमिति बैठक तीन साता पछि सरेको छ ।
मंगलबार बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महासमिति बैठक मंसिर २८ देखि पुष ३ सम्म बस्नेगरी सारेको हो ।
मंगलबार बसेको सो पार्टीको केन्द्रीय कार्यसमिति बैठकपछि काँग्रेस नेता रमेश लेखकले समयअभावका कारण मंसिर ५ गतेबाट बोालइएको महासमिति बैठकपछि सार्नु परेको बताए ।
यसैगरी आजको बैठकले नेता विजय कुमार गच्छदारलाई काँग्रेस उपसभापतिमा चयन गरेको छ ।
आजको बैठकमा नेविसंघको अधिवेसनका बारेमा कुनै छलफल नभएको नेता लेखकले बताए ।
यसैबीच आजको बैठकले लेखा परीक्षण समिति गठन गरेको छ । समितिको संयोजकमा श्याम घिमिरे तोकिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण