काँग्रेस महासमिति बैठक मंसिर २८ बाट, गच्छदार बने उपसभापति
मङ्गलबार, २० कात्तिक २०७५, १६ : १५
काठमाडौँ । मंसिर ५ देखि ९ गतेसम्मका लागि बोलाइएको नेपाली काँग्रेसको महासमिति बैठक तीन साता पछि सरेको छ ।
मंगलबार बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महासमिति बैठक मंसिर २८ देखि पुष ३ सम्म बस्नेगरी सारेको हो ।
मंगलबार बसेको सो पार्टीको केन्द्रीय कार्यसमिति बैठकपछि काँग्रेस नेता रमेश लेखकले समयअभावका कारण मंसिर ५ गतेबाट बोालइएको महासमिति बैठकपछि सार्नु परेको बताए ।
यसैगरी आजको बैठकले नेता विजय कुमार गच्छदारलाई काँग्रेस उपसभापतिमा चयन गरेको छ ।
आजको बैठकमा नेविसंघको अधिवेसनका बारेमा कुनै छलफल नभएको नेता लेखकले बताए ।
यसैबीच आजको बैठकले लेखा परीक्षण समिति गठन गरेको छ । समितिको संयोजकमा श्याम घिमिरे तोकिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म