शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निश्चल पिएसको पद्मिनी सार्वजनिक

मङ्गलबार, २० कात्तिक २०७५, १५ : ४४
मङ्गलबार, २० कात्तिक २०७५

काठमाडौं– गजलकार निश्चल पिएसको गजल एल्बम ‘‘पद्मिनी’’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच वरिष्ठ गजलकार डा. कृष्णहरि बराल, गीतकार सङ्घ नेपालका अध्यक्ष चुडामणि देवकोटा, सङ्गीतकार शक्ति बल्लभ, गीतकार रमेश पौडेललगायतले उक्त एल्बमको सार्वजनिक गरेका हुन् ।

लोकार्पण पश्चात् बोल्दै कार्यक्रमका प्रमुख अतिथि डा. कृष्णहरि बरालले अहिलेको समयमा गीत–संगित विधामा निकै परिवर्तन आएको उल्लेख गर्दै निश्चलले लेखेका गीतमा पृथक्ता पस्कने कोशिस गरेको बताए । अन्य अतिथितिहरुले निश्चलका गजल सुन्दा आनन्द लाग्ने खालका रहेको भन्दै उनलाई बधाई तथा शुभकामना दिएका थिए । 

लामो समयदेखि दुबईमा बस्दै आएका निश्चलको ‘पद्मीनी’मा अञ्जु पन्तको स्वर र हरि लम्सालको सङ्गीतमा ‘कहाँ–कहाँ खोजे तिमीलाई...’, स्वरुपराज आचार्यको स्वर र महेश खड्काको सङ्गीतमा ‘टुटनु नाता टुटेपछि...’, दीपक लिम्बुको स्वर र गैरे सुरेशको सङ्गीतमा ‘जब तिम्रो साथ हुन्छ...’, ताराप्रकाश लिम्बुको स्वर र सङ्गीतमा ‘तिम्रो मनको बगैंचामा...’, निरा रानाभाटको स्वर र गैरे शुरेसको सङ्गीतमा ‘म रुँदिन भन्छु...’, सुनिता थेगेमको स्वर र ताराप्रकाशको सङ्गीतमा ‘हिजोआज किन...’ जस्ता ६ ओटा गजल सङ्ग्रहित छन् । महराजा थापा, विष्णु अधिकारी, आमोश तामाङ, फणिन्द्र राई र शाहस शाक्यको एरेञ्ज रहेको छ एल्बममा भएका गजलमा । 

उक्त अवसरमा एल्बममा रहेको गीत ‘कहाँ–कहाँ खोजे तिमीलाई नखोजेको शहर छैन, हरपल सम्झे तिमीलाई नसम्झेको प्रहर छैन’ को भिडियो पनि देखाइएको थियो । निकेश खड्काको निर्देशन रहेको भिडियोमा रिमा विश्वकर्मा, जीवन भट्टराई र जोर्डन राजभण्डारीको अभिनय रहेको छ । उत्तम हुँमागाईंले छायाँकन गरेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका छन् ।

गीत सङ्गीत क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन गायिका निरा रानाभाटले गरेकी थिइन ।

यस्तो छ गीतको भिडियो :


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप