बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

पुनमको नयाँ फिल्ममा साम्राज्ञी

मङ्गलबार, २० कात्तिक २०७५, १५ : २९
मङ्गलबार, २० कात्तिक २०७५

काठमाडौं– पुनम इन्टरटेनमेन्टले निर्माण गर्न लागेको नयाँ चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् ।  इन्टरटेनमेन्टकी प्रमुख तथा निर्माता पुनम गौतम क्षेत्रीले आफ्नो नयाँ फिल्ममा साम्राज्ञीलाई अनुबन्ध गरेको पुष्टि गरिन् । 

‘पटकथाको पहिलो ड्राफ्ट तयार भएदेखि नै साम्राज्ञी हाम्रो पहिलो रोजाइमा थिइन् । अन्ततः हामी एक अर्कासँग काम गर्न तयार भएका छौं,‘ उनले भनिन्, ‘एउटा सुन्दर चलचित्र बनाउने हाम्रो अभिलाषा साम्राज्ञीको आगमनसँगै झन् मजबुत भएको अनभूति भएको छ ।’

नायिका साम्राज्ञीले पनि चलचित्रको कथा रोचक लागेको बताइन् ।  ‘इन्टु मिन्टु लन्डन’ मा पछि जति पनि कथा सुनिरहेकी थिए, त्यसमा यो चलचित्रको कथा बिल्कुलै फरक छ । कथासँगै निर्माण टिम पनि राम्रो लागेकाले यो चलचित्र गर्न लागेकी हुँ,’ साम्राज्ञीले भनिन् ।

साम्राज्ञीको आगमनसँगै मुख्य भूमिकामा अभिनय गर्ने कलाकारको टुंगो लागेको निर्माता गौतमले बताइन् । यसअघि चलचित्रका लागि पुष्प खड्का र रेबिका गुरुङ फाइनल भएका थिए । माघको दोस्रो हप्ताबाट फ्लोरमा जाने चलचित्रको नाम भने निर्माण टिमले अहिलेसम्म पनि सार्वजनिक गरेको छैन । बाँकी कलाकार र नाम औपचारिक कार्यक्रम गर्दै सार्वजनिक गर्ने निर्माण टिमको तयारी रहेको छ । 

गोविन्द फुयाँलको लेखन रहेको चलचित्र नवल नेपालले निर्देशन गर्दैछन् । अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहने चलचित्र पुनम गौतमले राजा प्रधानसँग मिलेर बनाउन लागेका हुन् । पुनमले यसअगाडि ‘अझै पनि’ चलचित्र निर्माण गरेकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप