पूर्वाधार विकासको कामलाई प्राथमिकता दिएका छौं : मुख्यमन्त्री पौडेल
काठमाडौं– प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशमा भ्रष्टाचार हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले शुन्य सहनशिलताको नीति लिएको पनि स्पष्ट पारे । उनले प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउन सहयोग गर्न पनि सबैलाई आह्वान गरे ।
प्रदेश ३ को आवधिक योजना आधारपत्र तर्जुमा सम्बन्धि गोष्ठीलाई मंगलबार ललितपुरमा उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले पूर्वाधार विकासको कामलाई उच्च प्राथमिकता दिएको पनि बताए । उनले विकास, निर्माणको कामलाई अघि बढाउन आवश्यक योजना तय गर्न लागिएको पनि जानकारी दिए । मुख्यमन्त्री पौडेलले प्रदेश ३ मा महिला, बालबालिकामाथि बलात्कार, हत्या, हिंसा हुन नदिन कठोर नीति लिने योजना पनि अघि सारे ।
कार्यक्रममा बोल्दै प्रदेश ३ का नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले प्रदेश ३ को समृद्धिका लागि आवश्यक योजना तय गर्न लागिएको जानकारी दिए । उनले प्रदेश ३ को विकासको मुख्य आधारको रुपमा प्राकृतिक स्रोत, साधन रहेको पनि स्मरण गराए ।
कार्यक्रममा विज्ञहरुले प्रदेश ३ को विकासका लागि जलविद्युत क्षेत्रको विकासमा विशेष जोड दिन पनि सुझाव दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण