शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लगानीकर्ताले चासो नदेखाउँदा सेयर बजारमा असर पर्न सक्छ : अर्थमन्त्री खतिवडा

मङ्गलबार, २० कात्तिक २०७५, १३ : ३२
मङ्गलबार, २० कात्तिक २०७५

काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले आफुले जहिले पनि संस्थागत लगानीकर्तालाई पुँजी बजारमा लगानी गर्नु भन्दै आएको बताएका छन् । मंगलबार  अनलाइन ट्रेडिङको उद्घाटन गर्दै संस्थागत लगानीकर्ता र बचत परिचालन गर्ने गैर वित्तिय संस्थालाई पुँजीबजारमा लगानी गर्नु भन्दै आएको बताए ।  

अनलाइन ट्रेडिङ आएसँगै सेयर बजारका समस्या केही हदसम्म समाधान भएको पनि उनले भने । उनले भने, ‘मैले केही लगानीकर्तालाई सेयर बजारमा चासो देखाउनुस् भनेको छु । लगानीकर्ताले चासो नदेखाउँदा बजारमा असर पर्छ ।’  

यता, कमोडिटी मार्केट (वस्तु बजार) व्यवस्थित हुन नसकेको र सामुहिक लगानी कोषले पनि सशक्त रुपले अघि बढ्न नसकेको अर्थमन्त्रीले भने । ‘सेयर बजारमा पुँजीगत लाभकरको विषयले पनि लगानीकर्तालाई अन्यौल बनाएको होकि भन्ने जस्तो पनि देखिन्छ, लाभकरको दुविधा नबढ्ने गरी सरकारले केही समयभित्रै निर्णय गर्दैछ,’ उनले भने ।  

त्यस्तै उनले अहिले बैंक तथा वित्तिय क्षेत्रमा देखिएको तरलता अभावलाई सिजनल प्रक्रिया भएको पनि उल्लेख गरे । यता, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले अनलाइन कारोबार प्रणाली आएसँगै दैनिक ५ अर्बको कारोबार हुने अनुमान आफुहरुले गरेको बताए । 

नेपाल स्टक एक्सचेन्जका सिइओ चन्द्रसिंह साउदले अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आएसँगै संसारको कुनै पनि कुनाबाट सेयर खरिद बिक्रीको लागि आदेश दिन सकिने व्यवस्था भएको उल्लेख गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप