भैरहवामा कृत्रिम मालाको आयात उच्च
बुटवल– भैरहवा भन्सार कार्यालय रुपन्देहीबाट तिहारको लागि भन्दै ५० लाखभन्दा धेरै मुल्यको कृत्रिम माला आयत भएको छ ।
कृत्रिम मालाको आयत बृद्धि भएसँगै बजारमा सयपत्री र मखमली जस्ता फूल थोरैमात्रामा देख्न थालिएको छ ।
रुपन्देही भन्सार कार्यलायका अनुसार गत आर्थिक वर्षमा १२ लाख ९६ हजार रुपैयाँको कृत्रिम माला भित्रिएकोमा यो बर्ष ४३ लाख ३८ हजार रुपैयाँ बराबरको माला भित्रिएको छ । गत वर्षको तुलनामा यो झन्डै तेब्बरले बृद्धि भएको हो ।
कृत्रिम मालाको तुलनामा फूलको मालाका आयत भने निकै कम भएको भन्सार कार्यालयका प्रबक्ता कालिराम पौडेयले बताए ।
कति उठ्यो राजश्व ?
भारतवाट भैरहवामा आयात भएको कृत्रिम माला बुटवल, पाल्पा, नारायणगढ, पोखरा, काठमाडौँ लगायतका व्यापारीहरुले लैजाने गर्दछन् । गत आर्थिक बर्षमा फूलको मालाबाट ५ लाख ३१ हजार रुपयाँ राजस्व सङ्कलन भएको छ । ७ हजार ३ सय ८४ किलो माला १२ लाख ९६ हजार मुल्य बरावरको आयात गरिएको थियो ।
यस्तै यो बर्षमा १४ हजार ९६ किलो कृतिम माला आयत भएको छ । ४३ लाख ३८ हजार भन्सार मुल्याङ्कन भएका ति माला ल्याउँदा १६ लाख ९६ हजार राजस्व सङ्लकन भएको प्रवक्ता कलिराम पौड्यले बताए । यो फूल २२ हजार किलो आयात भएको छ ।जसबाट १६ हजार ५ सय राजश्व सङ्कलन भएको छ । कृत्रिम मालाको भन्दा फूलको भन्सार दर कम रहने व्यवस्था छ ।
किन बढ्यो कृत्रिम मालाको माग ?
व्यावसायीहरुका अनुसार कृत्रिम माला तिहारमा मात्र नभएर अन्य बेला पनि प्रयोग हुन थालेको छ । तिहारमा फूल नपाउने र फूललाई धेरै दिनसम्म राख्न नसकिने भएकोले कृत्रिम मालाको रोजाई बढेको हो ।
कृत्रिम माला पटकपटक पनि प्रयोग गर्न सकिने भएकोले उपभोक्ताहरु अन्य मालाको झन्झटबाट टाढिएका हुन् । बुटवलका बिभिन्न सपिङ्ग सेन्टरदेखि हाटबजार सम्म कृत्रिम माला बिक्रीका लागि राखिएका छन् ।
कृत्रिम माला लामो समयसम्म राख्न र बेच्च मिल्ने भएकाले सयपत्री र मलखली माला भन्दा कृत्रिम माला धेरैको रोजाईमा पर्ने गरेको बुटवल उद्योग बाणिज्य महासघका महासचिव हरि प्रसाद अर्याल बताउँछन् ।
व्यावसायीक फूल खेती गर्नेपनि बढ्दै
जसरी कृत्रिम मालाले बजारको ठुलो हिस्सा ओगटेको छ । यस्तैगरी यस क्षेत्रमा फूल व्यापरीहरु तथा नर्सरीवालाहरु पनि बढ्दै गएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका रमेश पाण्डेले करिव ६ बिगाह जग्गामा व्यवसायीक फूल खेति गरेका छन् । पाण्डे जस्तै दर्जनौ नर्सरी सञ्चालकले लगानी थप्दै व्यवसायीक फूल खेती गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ दिन थुनामा रहेका मन्त्रीले पाए क्लिनचिट, दुई अभियोगमा मुद्दा लाग्ने यी हुन् ११ प्रतिवादी
-
सुदूरपश्चिम रोयल्सका मेन्टर हज नेपालमा
-
बागमती प्रदेश खेलकुद परिषद्मा ४ जना सदस्य नियुक्त
-
अति संवेदनशील मतदान स्थलमा १६ जना प्रहरी परिचालन गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
-
कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने यी हुन् ९ आधार
-
क्रिप्टो कारोबारमा मुछिएका ३३ जना धरौटीमा रिहा, तीन जना विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान