साउदी अरबका युवराजद्वारा १६ परमाणु रियाक्टर बनाउने घोषणा
मङ्गलबार, २० कात्तिक २०७५, ०८ : ००
बीबीसी
साउदी अरबका युवराज मोहम्मद–बिन सलमानले देशको पहिलो परमाणु रियाक्टर बनाउने योजनाबारे घोषणा गरेका छन् । साउदी अरबको सरकारी समाचार एजेन्सीले यसबारे जानकारी दिएको हो ।
समाचार एजेन्सी एफपीका अनुसार युवराज सलमानले सोमबार यो योजनाको आधारशीला पनि राखेका छन् ।
यद्यपी, यो रियाक्टर कस्तो हुनेछ यसबारे साउदी प्रेस एजेन्सीले कुनै जानकारी दिएको छैन ।
उदाहरणका लागि यसको प्रयोग अनुसन्धान, विकास र शैक्षिक क्षेत्रमा गरिने भन्ने बारे कुनै जानकारी उपलब्ध छैन ।
कच्चा तेलको सबैभन्दा ठूलो निर्यातकर्ता साउदी अरब तीब्र रुपमा बढिरहेको आफ्नो ऊर्जा आवश्यकतालाई अहिले तेल र प्राकृतिक ग्यासले पूरा गर्छ ।
साउदी अरबको अबको दुई दशकमा १६ परमाणु रियाक्टर बनाउने योजना छ जसमा लगभग ८० अर्ब डलर खर्च हुने अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्बुडाँडाबाट श्रोत नखुलेको ३९ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण