कांग्रेसले सरकारलाई बदनाम गर्न खोजेको पूर्वमन्त्री साहको आरोप
संजय मिश्रा
रौतहट– नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रस पार्टीका नेता तथा कार्यकर्ताहरु जनतामा भ्रम फैलाएर कम्युनिष्ट लाई बदनाम गराउन खोजेको आरोप लगाएका छन ।
रौतहटको कटहरिया नगरपालिका अन्तर्गत सोमवार भसेढवास्थित दिपावली छठको शुभकामना आदान प्रदान कार्यक्रममा उनले सो टिप्पणी गरेका हुन् ।
नेपाली जनताले विश्वास गरेर कम्युनिष्टलाई दुईतिहाई बहुमत दिएर टिकाउ सरकार बनाएको अवस्थामा कांग्रेसीहरु विभिन्न जालझेल गरेर सरकारलाई बदनाम गराउन खोजिरहेको पूर्वमन्त्री साहको टिप्पणी थियो ।
उद्योगीबाट किसानको उखुको रकम तिराउन सरकारले गरेको ठोस पहल, गलत काम गर्ने ठेकदारलाई सुरु गरेको कार्वाही प्रक्रियालाई केही कांग्रेसी नेताले अधिनायकवाद ल्याउन खाजेको झुठा भ्रम फैलाइरहेको सांसद साहले आरोप लगाए ।
दुईतिहाईको सरकारको काम देखेर काँग्रेसका नेताहरु हतोत्साही भएको बताउँदै उनले जनतालाई फुटाएर विकासको बाधक बनिरहेको खुलासा गरे ।
प्रदेश २ विकासको अनेक सम्भावनाबाट अगाडि रहेको बताउँदै वर्तमान सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको नारालाई अगामी ५ बर्षभित्र पुरा गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
-
सरकारका १०० दिनः कर्मचारीलाई १५ दिनमा तलबदेखि पेन्सनमा राहतसम्म
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण