शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकले ल्यायो चमत्कारिक बचत खाता

सोमबार, १९ कात्तिक २०७५, १६ : १३
सोमबार, १९ कात्तिक २०७५

काठमाडौं– नेपालीहरुको पर्व तिहारको अवसरमा एनआईसी एशिया बैंकले महिलाहरुको लागि सुन तथा चाँदीको उपहारहरु सहित ‘चमत्कारिक बचत खाता’ संचालनमा ल्याएको छ ।

खातामा ७ प्रतिशत ब्याजदर, न्यूनतम मौज्दात रु १०००,  दैनिक न्यूनतम मौज्दातको आधारमा त्रैमासिक ब्याज भूक्तानी, अनलाइनबाट खाता खोल्न सकिने सुविधा रहेको छ भने वार्षिक औसत मौज्दातको आधारमा सुन तथा चाँदी उपहार पाइने पनि जनाइएको छ । 

सो बचत खाता खोलेपछि ग्राहकको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात रु.१००,००० भएमा १० ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सकिनेछ ।

यस्तै खातामा न्युनतम वार्षिक औसत मौज्दात रु.२००,००० भएमा २५ ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सकिनेछ ।
 
यस्तै  न्युनतम वार्षिक औसत मौज्दात रु. १५,००,००० भएमा २.५ ग्राम सुनको सिक्का, ३०,००,००० भएमा ५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सकिनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप