मेनुका पौडेल सारेगमपको शीर्ष १५ मा
सोमबार, १९ कात्तिक २०७५, १३ : ५१
नेपाली रियालिटी शो नेपाल आइडलको पहिलो संस्करणबाट बाहिरिएकी मेनुका पौडेल भारतीय रियालिटी शो सारेगमपको शीर्ष १५ मा पुगेकी छिन् ।
नेपालमा पहिलो पटक सारेगमपको अडिसन भएको थियो जसमा उनी चुनिएकी थिइन् । जि टिभीबाट प्रशारण भएको उक्त रियालिटी शोमा मेनुकाले लता मंगेशकरको ‘जाने क्या बात हे’ मा आफ्नो प्रस्तुती दिएपछि मेघा अडिसनको लागि छनौट भएकी थिइन् ।
आइतबार भएको मेघा अडिसनमा फिल्म रंग दे बसन्तीको लुका छुपी गीत गाएर निर्णायक मण्डलमा रहेका शेखरको घरानामा उनी प्रवेश गरेकी छिन् ।
उनको प्रस्तुती पछि जजको रुपमा रहेका संगीतकार शेखर रबजानी र वाजिद खानले स्ट्यान्डिङ ओभेसन दिएका थिए ।
आफ्नो प्रस्तुती दिनुअघि मेनुकाले मेघा अडिशनमा छनौट भएकोमा आफ्नो र पूरा नेपालको लागि यो खुसी कुरा भएको बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विगतको गणित हेर्दा बझाङमा हुनेछ कांग्रेस र एमालेको रोचक भिडन्त
-
आईपीएल क्रिकेटमा राजस्थानको लगातार दोस्रो जित, दिल्ली १२ रनले पराजित
-
सिभिल अस्पतालमा ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा, के गर्दैछ सरोकारवाला निकाय ?
-
देशका यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु