आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

खासोग्गीको शवको टुक्रालाई पाँचवटा सुटकेशमा भरेर दूतावास बाहिर ल्याइएको थियोः रिपोर्ट

सोमबार, १९ कात्तिक २०७५, १३ : ०५
सोमबार, १९ कात्तिक २०७५

वासिङ्टन पोस्टका पत्रका जमाल खासोग्गीको हत्या भएको स्विकारेपछि पनि साउदी अरबले अहिलेसम्म उनको शवबारे कुनै जानकारी दिएको छैन । अनुसन्धान एजेन्सीका अधिकारी पनि खासोग्गीको हत्याबारे कुनै ठोस् प्रमाण हाँसिल गर्न सकिरहेका छैनन् । यद्यपी, यसैबीच टर्कीको सरकारी पत्रिकार ‘सबाह’ ले साउदी दूतावासमा खासोग्गीको हत्या पछि उनको शवलाई टुक्रा पारेर पाँचवटा सुटकेसमा भरेर दूतावास बाहिर निकालिएको रिपोर्ट सार्वजनिक गरिएको छ ।

रिपोर्टमा दाबी गरिए अनुसार यी सुटकेसलाई धेरै दिनसम्म दूतावास नजिकैको राजदूतको घरमा राखियो । टर्कीको सरकारी अधिकारीले पत्रिकालाई खासोग्गीको हत्यामा संलग्न १५ जनामध्ये माहेर मुतरेब, सलाह तुबेइगी र थार अल–हर्बी प्रमुख भएको जानकारी दिए ।

यीमध्ये मुतरेब मोहम्मद बिन सलमानका नजिकका व्यक्ति हुन् । तुबेइगी साउदी अरबको फोरेन्सिक साइन्स काउन्सिलका प्रमुख एवं सेनामा कर्नल हुन् । अल हर्बीलाई गत वर्ष जेहादी हमलाबाट राजमहलको रक्षा गर्नका लागि लेफ्टिनेन्टको रुपमा पदोन्नती दिइएको थियो ।

तेजाबमा शव गलाएको पनि दाबीः

यसअघि टर्कीका एक वरिष्ठ अधिकारी यासिन आकतायले खासोग्गीको शवलाई टुक्रा पारेर तेजाबमा हालिएको आशंका जताएका थिए । खासोग्गीसँग जोडिएका कुनै पनि प्रमाण बाँकी नरहोस् भन्नका लागि हत्याराले यस्तो गरिएको उनले दाबी गरेका थिए । यद्यपी, फोरेन्सिक टिमले खासोग्गीको शवलाई तेजाबमा हालिएको प्रमाण अहिलेसम्म फेला पारेको छैन ।

यसैबीच खासोग्गीका छोरा सालाह र अब्दुल्ला खसोग्गीले आफ्नो पिताको शव फिर्ता पाउनका लागि अपिल गरेका छन् । अमेरिका मिडिया समूह सिएनएनलाई दिएको अन्तर्वार्तामा उनीहरुले शव बिना आफ्नो परिवार लगातार संवेदनाको बोझमा भएको बताएका छन् । यो मामलामा दुबैले साउदी अधिकारीको सम्पर्कमा भएको पनि जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप