शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रहेनन् पद्मरत्न तुलाधर

आइतबार, १८ कात्तिक २०७५, १४ : ०९
आइतबार, १८ कात्तिक २०७५

काठमाडौं– मानवअधिकारकर्मी पद्मरत्न तुलाधारको ७८ वर्षको उमेरमा  निधन भएको छ । राजधानीको नर्भिक अस्पतालमा उपचाररत उनको आज निधन भएको हो । 

अस्पतालका सूचना अधिकारी आरपी मैनालीले  तुलाधरको अाज १२ बजेर ४५ मिनेटमा निधन भएको पुष्टि गरे । 

तुलाधरको स्वास्थ्यमा समस्या आएपछि उनलाई गत शुक्रबार साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । 

चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएको थियो ।

त्यहाँबाट उनलाई नर्भिक अस्पतालमा रिफर गरिएको थियो ।

तुलाधरका ज्वाई गौरी प्रधानले तुलाधरको सोमबार अन्त्येष्टि गरिने तय भएकाे जानकारी दिए  । 

मानवअधिकार अन्दोलनका चर्चित नेता तुलाधरले पञ्चायत कालमा बामपन्थीहरूको प्रतिनिधिका रूपमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य भएर व्यवस्था बिरुद्धमा आवाज उठाएका थिए । 

मानवअधिकार संरक्षण मञ्च, मंका खललगायत संघ संस्थाका संस्थापक तुलाधर माओवादी सरकार बार्ताका क्रममा सहजकर्ताको भूमिकामा समेत रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप