रहेनन् पद्मरत्न तुलाधर

काठमाडौं– मानवअधिकारकर्मी पद्मरत्न तुलाधारको ७८ वर्षको उमेरमा निधन भएको छ । राजधानीको नर्भिक अस्पतालमा उपचाररत उनको आज निधन भएको हो ।
अस्पतालका सूचना अधिकारी आरपी मैनालीले तुलाधरको अाज १२ बजेर ४५ मिनेटमा निधन भएको पुष्टि गरे ।
तुलाधरको स्वास्थ्यमा समस्या आएपछि उनलाई गत शुक्रबार साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।
चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएको थियो ।
त्यहाँबाट उनलाई नर्भिक अस्पतालमा रिफर गरिएको थियो ।
तुलाधरका ज्वाई गौरी प्रधानले तुलाधरको सोमबार अन्त्येष्टि गरिने तय भएकाे जानकारी दिए ।
मानवअधिकार अन्दोलनका चर्चित नेता तुलाधरले पञ्चायत कालमा बामपन्थीहरूको प्रतिनिधिका रूपमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य भएर व्यवस्था बिरुद्धमा आवाज उठाएका थिए ।
मानवअधिकार संरक्षण मञ्च, मंका खललगायत संघ संस्थाका संस्थापक तुलाधर माओवादी सरकार बार्ताका क्रममा सहजकर्ताको भूमिकामा समेत रहेका थिए ।
वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको खवर सुन्दा मलाई अत्यन्तै दुःख लागेको छ । नेपालको वाम आन्दोलनमा उहाँले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहनेछ । दिवंगत तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु । pic.twitter.com/t4KgRGKIAJ
— KP Sharma Oli (@PM_Nepal) November 4, 2018
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार