रहेनन् पद्मरत्न तुलाधर
काठमाडौं– मानवअधिकारकर्मी पद्मरत्न तुलाधारको ७८ वर्षको उमेरमा निधन भएको छ । राजधानीको नर्भिक अस्पतालमा उपचाररत उनको आज निधन भएको हो ।
अस्पतालका सूचना अधिकारी आरपी मैनालीले तुलाधरको अाज १२ बजेर ४५ मिनेटमा निधन भएको पुष्टि गरे ।
तुलाधरको स्वास्थ्यमा समस्या आएपछि उनलाई गत शुक्रबार साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।
चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएको थियो ।
त्यहाँबाट उनलाई नर्भिक अस्पतालमा रिफर गरिएको थियो ।
तुलाधरका ज्वाई गौरी प्रधानले तुलाधरको सोमबार अन्त्येष्टि गरिने तय भएकाे जानकारी दिए ।
मानवअधिकार अन्दोलनका चर्चित नेता तुलाधरले पञ्चायत कालमा बामपन्थीहरूको प्रतिनिधिका रूपमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य भएर व्यवस्था बिरुद्धमा आवाज उठाएका थिए ।
मानवअधिकार संरक्षण मञ्च, मंका खललगायत संघ संस्थाका संस्थापक तुलाधर माओवादी सरकार बार्ताका क्रममा सहजकर्ताको भूमिकामा समेत रहेका थिए ।
वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको खवर सुन्दा मलाई अत्यन्तै दुःख लागेको छ । नेपालको वाम आन्दोलनमा उहाँले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहनेछ । दिवंगत तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु । pic.twitter.com/t4KgRGKIAJ
— KP Sharma Oli (@PM_Nepal) November 4, 2018
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण