सुनिल ग्रोवर कमेडी शोमार्फत् फिर्ता हुँदै, शाहरुख खान र रणबीर हुनेछन् पाहुना ?
भारतीय हास्यकलाकार सुनिल ग्रोवर मिनी कमेडी सिरिजसहित टेलिभिजनमा फिर्ता हुने तयारीमा भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
स्रोतका अनुसार उक्त सिरिज १२–१५ एपिसोडको हुनेछ । यसमा बलिउड अभिनेताको पनि सहभागिता हुने बताइएको छ ।
सुनिलको नयाँ कार्यक्रम कपिल शर्माको चर्चित कार्यक्रम कपिल शर्मा शोको ढाँचामा हुने स्रोतले जानकारी दिएको छ ।
यदि स्रोतलाई विश्वास गर्ने हो भने कपिलको कार्यक्रमजस्तै कन्सेप्टमा टिभीमा फिर्तीको सोच सुनिलकै हो । कार्यक्रममा सुनिल ग्रोवरको पारिवारिक सदस्य पनि रहनेछन् । पूरा कन्सेप्ट सुनिल र उनको परिवारको वरिपरि नै बनाइनेछ ।
स्रोत भन्छ, ‘सुरुवातमा च्यानलले स्टोरीलाइनमा केही परिवर्तन गर्न खोजेको थियो तर सुनिललाई जसरी पनि यस्तै कन्सेप्टसहित अघि बढ्नुथियो । उनलाई विश्वास थियो कि यसैमार्फत दर्शकसँग कनेक्ट हुनेछ । केही परिवर्तन गरेपछि च्यानलले यसका लागि सहमती जनाए ।’
प्रीति सिमोस हुन् निर्माताः
कार्यक्रमकी निर्माता कपिलकी पूर्व प्रेमिका र एक क्रिएटिभ हेड प्रीति सिमोस हुन् । योजनाअनुरुप कार्यक्रम डिसेम्बर सन् २०१८ को मध्यदेखि सुरु हुनेछ । यो विकेन्ड शो हुने बताइएको छ ।
कार्यक्रममा शाहरुख खान र रणबीर सिंह पाहुनाको रुपमा आउने स्रोतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता