सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गौतमबुद्ध विमानस्थल निर्माणको काम समयमै सक्न प्रचण्डको निर्देशन

शनिबार, १७ कात्तिक २०७५, १३ : ५१
शनिबार, १७ कात्तिक २०७५

बुटवल –नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । 


नेकपाको बुटवलमा आज आयोजित चियापान कार्यक्रमा सहभागी हुन आएको बेला  विमानस्थलको निरीक्षण गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सो निर्देशन दिएका हुन् । 
सो क्रममा प्रचण्डले विमानस्थल निर्माण गुणस्तरमा ध्यान दिन पनि निर्देशन दिए । 

गौतमबुद्ध विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएकाले समयमै सम्पन गर्नु सबैको दायित्व हुने पनि प्रचण्डको भनाई थियो । 

सो अबसरमा  विमानस्थल निर्माण अायाेजनाका  निमित्त प्रमुख प्रवेश अधिकारीले विमानस्थलको कार्यप्रगतिका बारेमा जानकारी गराएका थिए ।

विमानस्थल सन् २०१९ को जुन २८ भित्र निर्माण सम्पन्न गरी उडान सञ्चालन गर्ने तयारी छ । अधिकारीका अनुसार हालसम्म ५५ प्रतिशत भन्दा माथि निर्माण कार्य सम्पन्न भएको छ । 

निर्माणको मुख्य ठेक्का पाएको चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड चाइनाले चिनियाँ कामदार मार्फत काम गरिरहेको छ ।

कुल ६ अर्ब २२ करोड ५१ लख ३० हजार २ सय २७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी चिनियाँ सरकारी कम्पनी नर्थ वेस्टले ठेक्का पाएको हो ।

विमानस्थलको निरीक्षणमा नेकपा सचिव विष्णु पौडेलको पनि सहभागिता रहेको थियो । 

सो क्रममा प्रचण्ड र पार्टी महासचिव विष्णु पौड्यललाई विमानस्थलले बनाएको ५ मिनेट लामो डकुमेन्टी देखाइएको पनि आयोजनका निमित्त प्रमुख प्रवेश अधिकारीले रातोपाटीलाई जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप