आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज : चिकित्सकले भने, ‘इन्फेक्सनबाट बढि खतरा थियो’

शुक्रबार, १६ कात्तिक २०७५, १९ : ३६
शुक्रबार, १६ कात्तिक २०७५

काठमाडौँ । छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रुपमा स्वस्थ भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उपचारमा संलग्न चिकित्सकले अहिले साँझ सरकारी निवास बालुवाटार फिर्ता गराएका हुन् । 

निवास फर्किंदै गर्दा प्रधानमन्त्री ओलीले नेपालका चिकित्सकहरुप्रति धन्यवाद प्रकट गर्दै आफूलाई गरेको उपचारमा एकदम चित्त बुझेको बताएका छन् । 

छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको आज बिहानको परीक्षणका प्रतिवेदन अध्ययनपछि स्वास्थ्यस्थिति सामान्य देखिएको पाइएको थियो । 

प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमीको संयोजकत्वमा डा. दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासको टोली संलग्न थिए । 

यसो भन्छन् उपचारमा संलग्न डाक्टर
उपचारमा संलग्न डाक्टरले प्रधानमन्त्री ओलीलाई किड्नी, मुटुबाट भन्दा पनि इन्फेक्सनबाट बढि खतरा भएको जानकारी दिएका छन् । 

‘प्रधानमन्त्रीको सधैं निगरानी राख्छौं,’  उपचारमा संलग्न डा. अरुण सायमीले भने, ‘उहाँ अस्पताल आउँदा धेरै नै समस्या थियो, अब त्यस्तो छैन ।’ 

प्रधानमन्त्री ओली अब बिना अक्सिजन अब हिँडडुल गर्न सक्ने पनि उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । ‘अब एक हप्तापछि फ्लोअपको लागि बोलाउँछौं,’ एक चिकित्सकले भने । 

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डा. सन्तकुमार दासले अरु नेताहरुले पनि प्रधानमन्त्री ओलीको उपचारलाई फ्लो गर्ने आशा रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप