शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनएको तेश्रो अफ्रिका बैठक युगाण्डाको कम्पालामा

शुक्रबार, १६ कात्तिक २०७५, १७ : ५९
शुक्रबार, १६ कात्तिक २०७५

युगाण्डा– गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका बैठक आगामी डिसेम्बर २९–३०  मा पूर्वी अफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा हुने भएको छ । 

अफ्रिकाका १७ मुलुकमा रहेका राष्ट्रिय समन्वय समिति, अन्तर्राष्ट्रिय समितिका पदाधिकारीहरु र अन्य महादेशका एनआरएन नेतृत्वको बैठकमा सहभागिता रहने बताइएको छ । बैठकमा विकासका अनुभवहरु एक आपसमा साटने प्रमुख उदेश्य रहेको छ । 

जसअनुरुप अफ्रिकन र अफ्रिकामा कार्यरत नेपाली विज्ञहरुले अफ्रिकी विकास र त्यहाँ भइरहेको आर्थिक विकासका अनुभव समेटिएको कार्यपत्र पेस हुनेछन् । कार्यक्रममा नेपाली श्रमिकहरुले अफ्रिकामा भोग्नुपरिरहेका समस्याहरु ,मानव तस्करी र अफ्रिकन पर्यटन उद्योगका अनुभव तथा नेपालमा अफ्रिकन लगानीबारे बैठकमा कार्यपत्रहरु प्रस्तुत र छलफल हुने जानकारी एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले जनाएका छन् ।

एनआरएनए राष्ट्रिय समन्वय समिति युगान्डाको आथित्यतामा सम्पन्न हुने बैठकको तयारी भइरहेको संघका युगान्डा अध्यक्ष  राजमणी भन्डारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप