एनआरएनएको तेश्रो अफ्रिका बैठक युगाण्डाको कम्पालामा
युगाण्डा– गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका बैठक आगामी डिसेम्बर २९–३० मा पूर्वी अफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा हुने भएको छ ।
अफ्रिकाका १७ मुलुकमा रहेका राष्ट्रिय समन्वय समिति, अन्तर्राष्ट्रिय समितिका पदाधिकारीहरु र अन्य महादेशका एनआरएन नेतृत्वको बैठकमा सहभागिता रहने बताइएको छ । बैठकमा विकासका अनुभवहरु एक आपसमा साटने प्रमुख उदेश्य रहेको छ ।
जसअनुरुप अफ्रिकन र अफ्रिकामा कार्यरत नेपाली विज्ञहरुले अफ्रिकी विकास र त्यहाँ भइरहेको आर्थिक विकासका अनुभव समेटिएको कार्यपत्र पेस हुनेछन् । कार्यक्रममा नेपाली श्रमिकहरुले अफ्रिकामा भोग्नुपरिरहेका समस्याहरु ,मानव तस्करी र अफ्रिकन पर्यटन उद्योगका अनुभव तथा नेपालमा अफ्रिकन लगानीबारे बैठकमा कार्यपत्रहरु प्रस्तुत र छलफल हुने जानकारी एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले जनाएका छन् ।
एनआरएनए राष्ट्रिय समन्वय समिति युगान्डाको आथित्यतामा सम्पन्न हुने बैठकको तयारी भइरहेको संघका युगान्डा अध्यक्ष राजमणी भन्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय संसद्को वेबसाइटमा ह्याकरले लेख्यो– ‘स्टप सपोर्टिङ चाइना’
-
सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन
-
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
-
पोखरामा जीप दुर्घटना, ८ जना चिनियाँ पर्यटक घाइते
-
आर्थिक शक्ति बन्न सक्ला भारत ? तथ्याङ्कले के भन्छ ?
-
२९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ