शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी युवराजले भने, ‘खासोग्गी खतरनाक थिए’

शुक्रबार, १६ कात्तिक २०७५, १२ : ३७
शुक्रबार, १६ कात्तिक २०७५

बीबीसी

साउदी युवराज मोहम्मद बिन सलमानले दिवंगत पत्रकार जमाल खासोग्गीलाई खतरनाक इस्लामिक बताएको अमेरिकी मिडियाले बताएको छ ।

खासोग्गी हराइसकेपछि र साउदी अरेबियाले हत्या गरेको स्विकार्नुअघि युवराज मोहम्मदले ह्वाइट हाउससँगको फोनवार्तामा यस्तो भनेको बताइएको छ ।

यद्यपी, साउदी अरेबियाले वासिङ्टन पोस्ट र न्यूयोर्क टाइम्समा प्रकाशित उक्त रिपोर्ट अस्विकार गरेको छ ।

अमेरिकी पत्रिकामा काम गर्ने साउदी अरेबियाका नागरिक खासोग्गी आफ्नो देशका शासकका कडा आलोचकको रुपमा परिचित छन् ।

उनको शव अझै पत्ता लाग्न सकेको छैन तर टर्की, अमेरिका र साउदी अरेबियाले अक्टोबर दुई तारिखमा साउदी दूतावासमा खासोग्गीको हत्या भएकोमा सहमती व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप