बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वेस्ट इन्डिजबिरुद्ध भारतलाई लगातार आठौँ शृङ्खला

शुक्रबार, १६ कात्तिक २०७५, ०९ : ३५
शुक्रबार, १६ कात्तिक २०७५

एजेन्सी । भारतले विहिबार तिरुवन्तपुरममा भएको पाँचौ एकदिवसीय खेलमा वेस्ट इन्डिजलाई नौ विकेटले पराजित गरेको छ ।

योसँगै पाँच खेलको एकदिवसीय शृङ्खला ३–१ ले आफ्नो नाम गर्यो । 

विशाखापट्टनममा भएको दोस्रो एकदिवसीय वानडे बराबरी भएको थियो । 

भारतले घरेलु मैदानमा जितेको लगातार छैटौँ शृङ्खला हो ।

पछिल्लो पटक भारत दक्षिण अफ्रिकाबिरुद्ध सन् २०१५ मा २–३ ले शृङ्खला हारेको थियो । 

वेस्ट इन्डिजबिरुद्ध भारतको यो लगातार आठौँ शृङ्खला जीत हो । भारतले सन् २००७ यता वेस्ट इन्डिजबिरुद्ध कुनै शृङ्खला हारेको छैन ।

वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर, उसको फैसला गलत साबित भयो ।

वेस्ट इन्डिजको पूरै टोली ३१.५ ओभरमा १०४ रनमा अलआउट भयो ।

भारतबिरुद्ध एकदिवसीय खेलमा वेस्ट इन्डिजको सबैभन्दा कम स्कोर हो ।

यसअघि सन् १९९७ मा उसले पोर्ट स्पेनमा १ सय २१ रन बनाएको थियो ।

यस खेलमा जेसन होल्डरले सर्वाधिक २५ रन बनाए ।

भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक चार विकेट लिए ।

१०५ रनको लक्ष्य भारतले मात्र १४.५ ओभरमा एक विकेटको नोक्सानीमा हासिल गर्यो ।

रोहित शर्माले ६३ तथा विराट कोहली ३३ रन बनाउँदै नटआउट रहे ।

शृङ्खलामा विराट कोहलीले सर्वाधिक ४ सय ५३ रन बनाए भने कुलदीप यादवले सर्वाधिक नौ विकेट लिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप