गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ५५ प्रतिशत सम्पन्न
काठमाडौं– गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम ५५ प्रतिशत भन्दा बढि सम्पन्न भएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाले अहिले विमानस्थलनको रन वे कालोपत्रे गर्ने काम धमाधम गरिरहेको छ ।
निर्माण कार्य गरिरहेको चिनियाँ कम्पनीले चाईना बाटै ल्याएका मजदुरबाट निर्माणको काम भईरहेको छ । कालोपत्रे गर्न कम्तिमा ४ देखि ६ महिना लाग्ने आयोजनाका निमित्त प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।
आयोजनाका निमित्त प्रमुख अधिकारीका अनुसार विमानस्थलको अराईभलको सम्प्ुर्ण संरचना पुरा भएको छ भने डिपार्टरको पनि अधिकांश संरचना पुरा भएको छ । अहिले सम्मको संरचना निर्माणको दृष्टिकोणबाट ५५ प्रतिशत काम पुरा भएको उनले जानकारी दिए ।
पछिल्लो पटक थप भएको म्याद अनुसार जुन २८, २०१९ अर्थात् २०७६ असार १३ गते सम्ममा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको सम्पुर्ण निर्माण कार्य सम्मपन्न गरि उडान भर्ने लक्ष आयोजनाले लिएको छ ।
अन्तराष्ट्रिय उडान भर्नका लागि प्राविधिक देखि त्यससंग अन्तरसम्बन्धित विभिन्न पक्षको काम सम्पन्न हुनुपर्ने भएकाले पुर्ण रुपमा नसकिए पनि सिमित उडान भने २०७६ असार १३ देखि नै सुरु गर्ने तयारी आयोजनाले गरेको छ ।
समयमा निर्माण सम्पन्न नभएपछि आयोजनाका लागि पटक पटक म्याद थप गरिएको थियो । ६ अर्ब २२ करोड ५१ लाख ३० हजार २ सय १७ रुपैयामा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल कन्स्ट्रक्सन गु्रुप चाईनाले विमानस्थल निर्माण सम्पन्न गर्ने गरि ठेक्का लिएको थियो ।
विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउनका लागि एसियाली बिकास बैकको ऋण ४० दशमलब ५ प्रतिशत र अनुदान सहायता १८ प्रतिशत, साउदी अरबको साउदी फण्डबाट ३० दशमलब ५ प्रतिशत र नेपाल सरकारले ११ प्रतिशत लगानी रहेको छ ।
२०२३ साल देखि नियमित उडान गर्दै आएको भैरहवास्थित गौतम बुद्ध विमानस्थलको पर्याप्त जग्गा भएपनि अन्र्तराष्ट्रिय विमानस्थल बनाउने सरकारको योजना संगै २०६३ सालमा २ सय १३ बिघा जग्गा थप गरि ७ सय ८७ विघा पुराईएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण