नोबेलको शिविरबाट ७ सय बिरामीले पाए निःशुल्क उपचार
विराटनगर । नोबेल शिक्षण अस्पतालले मोरङको बेलवारी र सुन्दरहरैचामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ७ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ ।
बेलवारी–४ कसेनी मावि र सुन्दरहरैचा–१० खोर्सानेमा शिविर सञ्चालन गरी ७ सय ४७ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।
कसेनी माविमा सञ्चालित शिविरबाट ४ सय ३५ जना र खोर्सानेमा ३ सय १२ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।
कसेनीको शिविरमा १ सय ५३ जना बिरामीको भिडियो एक्सरे, १ सय २० जना बिरामीको ल्यावटेष्ट र ४१ जना बिरामीको ईसीजी गर्नुका साथै ६१ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको छ ।
यता खोर्सानेको शिविरमा ३५ जनाको भिडियो एक्सरे, १३ जनाको ईसीजी र १ सय १ जनाको ल्यावटेष्ट गरिएको छ ।
शिविरमा उपचार सम्भव नभएका २७ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको जनसम्पर्क अधिकृत दाहालले बताए । शिविरमा मेडिसिन, स्त्री, बाल, नाक कान घाँटी, आँखा, दन्त, हाडजोर्नी तथा नसा, छाला, मानसिक लगायत रोगको उपचार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फक्सवागनले चीनमा बेच्यो आफ्नो एउटा कारखाना
-
पाकिस्तानमा इमरान खानकी पत्नीसहित ३ सय जनाविरुद्ध मुद्दा दर्ता
-
मानव तस्करी प्रकरण : पूर्वमन्त्री अधिकारीविरुद्ध किन चलेन मुद्दा ?
-
अमेरिकामा नेपालीहरूले यसरी मनाए ‘धन्यवाद दिवस’
-
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६ लाख आम्दानी
-
‘एनपीएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा