नेकपाको चियापान : के छ खानेकुराको मेन्यूमा ?
काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को चियापान कार्यक्रम शनिबार भृकूटीमण्डपमा गरियाे ।
चियापान कार्यक्रममा सहभागिहरुका कारण भृटुकीमण्डप क्षेत्र दिनभर भीडभाड हुन पुगेकाे थियो ।
चियापान कार्यक्रमका लागि नास्ता वानेश्वरस्थित अर्पण ब्याङ्केटबाट मगाइएको थियाे भने नास्ताको मेन्यूमा केरा, लड्डू, खस्ता कचौरी, चियालगायत रहेको थियो ।
यस्तै भीआईपी पाहुनाको लागि भने २ हजार स्वान्डविच तयार गरिएको थियाे । २ हजार स्यान्डविचमा ३५ किलो चिज र ३५ किलो बटर राखिएको जनाइएकाे छ ।
नेकपा स्रोतका अनुसार अर्पण ब्याङ्केटलाई चियापानको ठेक्का दिइएको थियो । जसअनुसार ब्याङ्केटले २० हजार जनाको लागि नास्ता तयार पारेको जनाएको छ ।
ब्याङ्केटका एक कर्मचारीका अनुसार चियापान कार्यक्रमकै लागि कात्तिक ३ गतेदेखि निम्की, खस्ता कचौरी, लड्डूलगायत तयार गर्न थालिएको थियो । जसका लागि ३ गतेदेखि नै २० जना कूक खटिएका थिए ।
आजको चियापानका लागि फिल्डमा अर्पण ब्याङ्केटका १५० कर्मचारी खटिएको पनि जनाइएको छ ।
नेकपाले चियापानका लागि ५० हजारलाई निमन्त्रण दिएको बताइएपनि नास्ता भने २० हजार जनाको लागि मात्रै तयार गरिएको हो ।
विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेकपाले चियापान कार्यक्रमकाे अायाेजना गरेकाे हाे ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) काे पार्टी एकतापछि पहिलोपटक चियापान आयोजना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलरको भाउ बढ्यो, कसको कति ?
-
च्याम्पियन्स लिग : इन्टरको शीर्षता कायमै, बार्सिलोनाले उछिन्न सक्ने
-
च्याम्पियन्स लिगमा आर्सनलको अघिल्लो यात्रा सहज
-
फेयेनुर्डले अंक खोस्दा पेप ग्वार्डिवलाको म्यान्सिटीलाई कष्ट
-
लेवान्डोस्की चम्किएपछि बार्सिलोनाले उठायो घरेलु मैदानको फाइदा