बेंसीसहरमा मध्यरातमा आगलागी : २० लाख बराबरको क्षति
लमजुङ सदरमुकाम बेंसीसहरको हाइस्कुल चोकमा मध्यराति आगलागी भएको छ । बेंसीसहर नगरपालिका ७ मा पर्ने हाइस्कुलचोकको ३ वटा पसलमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
तीन पसलमा आगलागी
हेमप्रसाद घिमिरेको घरमा आगलागी भएको हो । उक्त घरमा रहेको रामबहादुर विकको सुनचाँदी पसल, मीना अधिकारीको तरकारी पसल र कृष्ण विकको किराना पसलमा आगलागी हुँदा पसल पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट क्षति
आगलागी बाट सुनचाँदी पसलमा रहेको केही सुनचाँदी, एउटा मोटरसाइकल, अन्य दुवै पसलमा रहेको सामान पूर्ण रुपमा जलेर नष्ट भएको छ । प्रहरीले अहिले मुचुल्का उठाउने तयारी गरेको छ ।
प्रहरीका अनुसार:
-गएराति १ बजेर १० मिनेट जाँदा आगलागी भएको हो ।
-खबर प्राप्त भएपछि प्रहरी नायब उपरीक्षककै कमाण्डमा इन्सपेक्टरसहितको प्रहरी टोली, दमकल तथा स्थानीयले आगो नियन्त्रणमा लिए ।
-आगो करिब ३० मिनेटपछि (१ बजेर ४० मिनेट जाँदा) नियन्त्रणमा आएको थियो ।
-पसलमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान छ ।
-स्थानीयले विद्युत आउनेजाने समस्या तथा हाइ भोल्टेज आउनेजाने समस्याले फ्रिजमा सर्ट हुन गई आगलागी भएको हुनसक्ने बताएका छन् ।
-घटनामा मानवीय क्षति भएको छैन । विस्तृत विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म