तीस वर्षदेखि राष्ट्रप्रमुखहरुले बेवास्ता गरेको एउटा माग, के राष्ट्रपति भण्डारीको ध्यान जाला ?
भक्तपुर– बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा भक्तपुरको प्रसिद्ध नवदुर्गा भवानीको मन्दिरमा राष्ट्रप्रमुख आउने गरेको तीन दशक भयो । वि.सं. २०४५ सालमा तत्कालीन राजा स्वर्गीय वीरेन्द र २०५८ पछि ज्ञानेन्द्र वीरविक्रम शाहले दर्शन गर्न आएका थिए ।
गणतन्त्र आएपछि प्रथम राष्ट्रपति डा.रामवरण यादव र हालकी राष्ट्रपति विद्यादेवी भण्डारी आउन थालेको चारवर्ष पुरा भएको छ । तर विगतदेखि नै नवदुर्गा जात्रा व्यवस्थापन समितिले राष्ट्रप्रमुखमार्फत सरकारलाई राखेको माग पुरा हुन नसकेको समितिका अध्यक्ष बृजेश वनमालाले बताए ।
‘यो सांस्कृतिक पर्व मनाउन चाहिने विभिन्न कुरा र आर्थिक पक्ष जुटाउन निकै कठिन छ,’ उनले भने । विधि र परम्परामा रहेर नवदुर्गा भवानीको पर्व मनाउन युवा पुस्तालाई समेटदैं लैजाँदा केही युवाको पढाई र कतिको त रोजोरोटी समेत छुट्ने गरेको उनले बताए ।
यसको लागि स्थानीय नगरपालिका, गुठी संस्थान र अन्य सरकारी निकायले सहयोग गर्नुपर्ने उनको भनाई छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा सोही मन्दिरमा सरिक भई पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेकी छिन् । उनले राष्ट्रप्रमुखका रूपमा प्रसाद ग्रहण गरेकी हुन् ।
राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका नकीले नवदुर्गाको पूजा एवं दर्शन गराएका थिए । नवदुर्गाका पुजारीले नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका छन् ।
त्यसक्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणको मूर्ति अवलोकन गरेकी छिन् । गणलाई दक्षिणा समेत प्रदान गरेकी थिइन् ।
राष्ट्रपति नवदुर्गा मन्दिरमा संघीय सांसद महेश बस्नेत, प्रदेश सांसद शसिजंग थापा, सरस्वती वाटी, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुवर, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, चाँगुनारायण नगरका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायकका नगरप्रमुख बासुदेव थापा, उप्रमुख जुना बस्नेत, मध्यपुर थिमिका प्रमखु मदन सुन्दर श्रेष्ठ, नेकपाका जिल्ला नेता बचन देउजा, प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठलगायतले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी