एउटा भलिबल खेलको नाममा काँग्रेस प्रवक्ताको ‘भिड्ने’ चेतावनी !
रुकुमपश्चिम– रुकुम पश्चिमको बाफिकोटमा काँग्रेस निकट लोकतान्त्रिक खेलकुद संघको आयोजनामा सुरु भएको भलिवल प्रतियोगिता कार्तिक ५ गते रोकिएको भन्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार
ट्वीट गर्दै प्रश्न गरे – ‘रुकुममा लोकतन्त्र कि कम्युनिष्ट सत्ता ?’
प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्वीटरमा आगामी ८ गते पुन प्रतियोगिता सुरु गर्दा रोक्न खोजे ‘उत्पन्न परिस्थिति’को जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने चेतावनी समेत दिएका छन् ।
शर्माको ट्वीटबाट प्रष्ट हुन्छ – खेल रोकिए उक्त जिल्लामा खेलकुदका नाममा भिडन्त हुन्छ ।
उता, जिल्लास्थित सुरक्षा अधिकारीहरुले पनि प्रवक्ता शर्माले विषयवस्तुको गाम्भियर्ता नै नबुझी त्यस्तो प्रतिकृया जनाएर स्थितिलाई उत्तेजित पार्न खोजेको निश्कर्ष निकालेका छन् ।
रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयका प्रमुख सुमित खड्काले सुरक्षा सम्बेदनशीलतालाई मध्यनजर गर्दै सर्वपक्षीय छलफलबाट काँग्रेस निकट युवा क्लबले आयोजना गरेको प्रतियोगिता सहमतिमै केहि दिन पछि सारिएको बताए ।
उनका अनुसार काँग्रेस निकट समाजसुधार युवा क्लवले कार्तिक १० गतेदेखि १३ सम्म प्रतियोगिताका लागि स्थानीय प्रशासनसँग अनुमति लिएको थियो ।
त्यसअघि नै नेकपा निकट प्रगतिशील युवा क्लवले ४ देखि ७ गतेसम्म खेलकुद प्रतियोगिता गर्न स्थानीय प्रशासनसँग अनुमति पाएको थियो ।
तर, पछि समाजसुधार युवा क्लवले अचानक ३ गतेबाटै कार्यक्रम गर्ने भन्दै स्थानीय प्रशासनलाई अनुमतिका लागि पुन निवेदन दिएको थियो ।
यी दुवै प्रतियोगिता फरक–फरक स्थानमा आयोजना गरिएपनि १० मिनेटको दुरीमा तय गरिएका थिए ।
तर, स्थानीय प्रशासनले दशैँको बेला सुरक्षालाई ध्यानमा राख्दै दुई फरक पार्टी निकट संस्थाले एकै दिन आयोजना गर्ने अनुमति दिएन ।
अनुमति नपाएपछि ३ गते पार्टीको चियापान मात्रै गर्ने भनेर कार्यक्रम तय गर्यो । स्थानीय प्रशासनले चियापान रोक्ने कुरा थिएन ।
तर, सो क्लबले प्रशासनलाई झुक्याउँदै ३ गते भलिवल प्रतियोगिता नै सुरु गर्यो ।
यता कार्तिक ४ गते प्रगतिशील क्लवको आयोजनामा हुने कार्यक्रमका लागि मन्त्री पनि नै रुकुम पुगिसकेका थिए । जसले गर्दा झडपको स्थिति आउन सक्ने भन्दै सर्वपक्षीय सहमतिमा समाजसुधार क्लवको कार्यक्रम कार्तिक ८ गते पछि हुनेगरी स्थगित गरियो ।
‘७ गते प्रगतिशील युवाको कार्यक्रम सकिन्छ, त्यसपछि ८ गतेबाट अर्को कार्यक्रम सुरु हुन्छ । हामीले सुरक्षालाई मध्यनजर गर्दै कार्यक्रम स्थगन गर्न लगाएका हौं । प्रहरी लगाएर रोकियो भन्ने कुरा गलत हो,’ डिएसपी खड्काले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात