नवीकरणीय ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
ललितपुर । ग्रामीण तथा शहरी विकासका लागि नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन अर्को साता राजधानीमा आयोजना हुँदैछ ।
बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र त्रिभूवन विश्वविद्यालय, इन्जिनिरिङ अध्ययन संस्थानको आयोजनामा यही कात्तिक १२ देखि १४ गतेसम्म काठमाडौँमा हुन लागेको सो सम्मेलनमा नेपाललगायत करीब २० देशको सहभागिता रहने जनाइएको छ ।
सम्मेलनमा ऊर्जा र दिगो विकास, ऊर्जा सुरक्षा, जलवायु परिवर्तन र कार्बन व्यापार, हरित आर्थिक वृद्धि, नवीरकणीय ऊर्जा प्रविधि, लैंगीक मूलप्रवाहीकरण र ऊर्जा, मिनी ग्रीड, ऊर्जा दक्षता, विद्युुत् सम्झौता, स्वच्छ ऊर्जा प्रविधिमा लगानी, दिगो ऊर्जा पहुँचलगायतका विषयमा कार्यपत्र प्रस्तुत हुने इन्जिनिरिङ अध्ययन संस्थानका डीन प्रा त्रिरत्न ब्रजाचार्यले जानकारी दिए ।
आर्थिक–सामाजिक विकास र वातावरणीय संरक्षणका लागि नवीकरणीय ऊर्जाको भूमिका महत्वपूर्ण हुने भन्दै विश्वव्यापीरुपमा यसतर्फ जोड दिइरहेको सन्दर्भमा नेपालमा पनि यस किसिमको सम्मेलनको आयोजनाबाट अन्तर्राष्ट्रिय ज्ञान, अनुभव र प्रविधिका बारेमा जानकारी पाउन सकिने र सहयोगमा नयाँ सम्भावनाको खोजी गर्न मद्दत पुग्ने उनले बताए ।
दिगो ऊर्जा विकासबाट सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने नेपाल सरकारको लक्ष्य हासिल गर्न नीतिगत सुझाव, प्राविधिक ज्ञान तथा लगानीको सम्भावनाले सम्मेलन महत्वपूर्ण अवसर भएको बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कामु कार्यकारी निर्देशक नबराज ढकालको भनाइ छ ।
यसअघि नवीकरणीय ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सन् १९९८, सन् २००३ र २०११ मा काठमाडौँम सम्पन्न भएको थियो । सन् २००९ मा नवीकरणीय ऊर्जा प्रविधि र दिगो विकाससम्बन्धी अन्तराष्ट्रिय सम्मेलन र सन् २००६ मा राष्ट्रिय सम्मेलनको आयोजना भएको थियो ।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा देश र विदेशका गरी करीब ८० वटा कार्यपत्र प्रस्तुत हुने र झण्डै २५० जना ऊर्जाविद्को सहभागिता रहने ऊर्जा अध्ययन केन्द्रका निर्देशक डा श्रीराज शाक्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण