शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेयर चढेको गाडीमा आक्रमण गर्ने अभियुक्त पक्राउ

सोमबार, ०५ कात्तिक २०७५, १९ : ०७
सोमबार, ०५ कात्तिक २०७५

जनकपुर– सिरहास्थित कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवान चढेको गाडी फुटाएको आरोपमा प्रहरीले एकजना अभियुक्तलाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका वडा नम्बर ६ बस्ने प्रभात महतो रहेको इलाका प्रहरी कार्यालय मिर्चैया जनाएको छ ।

कर्जन्हा नगरपालिका स्थित बगहा गाउँमा रहेको कार्यालयबाट बाहिरिने क्रममा असोज २३ गते ना १ झ १६३९ नम्बरको स्कारपियोलाई लक्षित गरि आक्रमण भएको थियो ।

सो स्कारपियोमा मेयर पासवानसँगै कर्जन्हा नगरपालिकाको कार्यपालिका सदस्य कुशे साह, गुबधीदेवी पासवान, भुल्लीदेवी सदा, वडा नम्बर ९ का सदस्य रामसती पासवान, वडा नम्बर ११ का सदस्य मुखलाल मुखिया, सिमा साह, कम्प्युटर अपरेटर सरोज कुमार पासमान लगायतकाहरु चढेका थिए । 

स्कारपियोलाई चारैतिरबाट घेरेर आक्रमण गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप