बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोको नाममा अर्को किर्तिमान

आइतबार, ०४ कात्तिक २०७५, ०९ : ००
आइतबार, ०४ कात्तिक २०७५

एजेन्सी । क्रिस्टियानो रोनाल्डो युरोपको शीर्ष ५ लिगमा चार सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

जेनोआबिरुद्ध १८ औँ मिनेटमा गोल गर्दै रोनाल्डोले सो किर्तिमान बनाएका हुन् ।

इटालियन लिगमा युभेन्टसका लागि उनको यो पाँचौँ गोल थियो । यसअघि उनले म्यान्चेस्टर युनाइटेडका लागि ८४ तथा रियल म्याड्रिडका लागि ३११ लिग गोल गरेका थिए ।

लियोनेल मेस्सीले बार्सिलोनाका लागि ३८९ लिग गोल गरेका छन् ।

खेलको १८ औँ मिनेटमा जोआ क्यासेलोको प्रहार रिबाउन्ड भएपछि त्यसलाई गोलमा परिणत गर्दै रोनाल्डोले युभेन्टसलाई अग्रता दिलाएका थिए ।

त्यसअघि उनको प्रहार पोष्टमा लागेको थियो ।

यद्यपि, ड्यानियल बेसाले गोल गर्दै खेल बराबरी गरे ।

यो सिजन युभेन्टसले लिगमा अंक गुमाएको यो पहिलो पटक हो ।

युभेन्टसले खेलमा पूर्ण नियन्त्रण बनाएपनि जीतबाट बञ्चित रह्यो । खेलमा २१ पटक विपक्षीको पोष्टमा प्रहार गरे पनि तीन वटा मात्र लक्ष्यमा लागेको थियो, जुन सबै रोनाल्डोको थियो ।

रोनाल्डो एक्लैले विपक्षीको पोष्टमा कूल ११ प्रहार गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप