शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

के प्रोटिनले तौल कम गर्न सकिन्छ ?

शुक्रबार, ०२ कात्तिक २०७५, २० : १२
शुक्रबार, ०२ कात्तिक २०७५

जेसिका ब्राउन /बीबीसी फ्युचर

२० औं शताब्दीको सुरुवातमा आर्कटिकमा अनुसन्धानका लागि निस्किएका विल्जाल्मर स्टेफन्सनले पाँच वर्षसम्म मासु मात्र खाएर बिताए । यसको अर्थ यो थियो कि उनको खानामा ८० प्रतिशत मासु र २० प्रतिशत प्रोटिन थियो ।

२० वर्षपछि सन् १९२८ मा स्टेफन्सनले लगभग एक वर्ष यस्तै प्रयोग न्यूयोर्कको बेलब्यू अस्पलतामा गरे । स्टेफन्सनले यो प्रयोग यसकारण गरे किनभने उनी ती मानिसहरुलाई गलत साबित गर्न चाहन्थे जसले मानिस मासु मात्र खाएर जिउँदो रहन सक्दैन भन्थे ।

तर दुर्भाग्यवश, दुबै प्रयोगको क्रममा उनी चाँडै नै बिरामी परे । कारण स्पष्ट थियो । स्टेफन्सन फ्याट बिनाको प्रोटिन खाइरहेका थिए । त्यसैले उनलाई ‘प्रोटिन पोइजनिङ’ भयो । अर्थात्, अत्यधिक प्रोटिन खाँदा उनले ठूलै समस्याको सामना गर्नुपर्यो ।

स्टेफन्सनले जब आफ्नो डाइटमा परिवर्तन गरेर खानामा प्रोटिनका साथै फ्याट पनि समावेश गरे तब उनको रोग चाँडै निको भयो ।

८३ वर्षको उमेरमा मृत्यु अघि स्टेफन्सनले कम कार्बोहाइड्रेट र कम फ्याट भएको डाइट खान जारी गरेका थिए ।

धेरै प्रोटिन खाँदा मानिसको शरिरमा नकारात्मक असर पर्छ भन्ने भनाईलाई स्टेफन्सनको घटनाले पुष्टि गर्दथ्यो ।

तर यो कुरा एक शताब्दी पुरानो भइसक्यो । अहिलेको जमानामा मानिसहरु प्रोटिन बार, प्रोटिन शेक र प्रोटिन बल्स खान्छन् । यद्यपी, मानिसहरुलाई थाहा छैन कि उनीहरुलाई कति प्रोटिन चाहिन्छ, कस्तो तरिकाले प्रोटिन खानुपर्छ वा कति कम वा बढी प्रोटिन हाम्रो शरिरका लागि हानिकारक हुन्छ ।

मोटोपना पनि बढ्यो र जागरुकता पनिः

पछिल्लो दुई दशकमा संसारभरीका मानिस मोटोपनाको शिकार हुने गतीमा दोब्बर वृद्धि भएको छ । आज हामी हाम्रो खानपिनबारे धेरै जागरुक पनि भइसकेका छौं ।

पछिल्ला केही वर्षदेखि हामी सेतो पाउरोटीको साटो ब्राउन ब्रेड खान थालेका छौं । हामी फूल क्रिम दुधको साटो स्किम्ड र टोन्ड दुध खाइरहेका छौं । स्वास्थ्यका लागि हाम्रो जागरुकताको केन्द्र हो – प्रोटिन ।

तर धेरैजसो जानकारका अनसार अत्यधिक प्रोटिन भएका उत्पादन हामीलाई अनावश्यक र खल्तीका लागि बोझ हो ।

प्रोटिन हाम्रो शरिरको विकास र मर्मतका लागि आवश्यक छ । प्रोटिनयुक्त खानेकुरा जस्तै दुग्ध पदार्थ, मासु, अण्डा, माछा र दालहरु हाम्रो शरिर बनाउनका लागि आवश्यक छ ।

कति प्रोटिन खाने ?

जो वयस्क व्यक्ति धेरै भागदौडयुक्त वा मेहनतको काम गर्दैनन् उनीहरुलाई आफ्नो शरिरको प्रति किलो तौलका लागि ०.७५ ग्राम प्रोटिन दैनिक आवश्यक छ ।  औसतमा पुरुषका लागि ५५ ग्राम र महिलाका लागि ४५ ग्राम दैनिक आवश्यक पर्छ । अर्थात्, दुई मुठी मासु, माछा, तोफु, बदाम वा दाल खाँदा दैनिकको प्रोटिनको आवश्यकता पूरा हुन्छ ।

शरिरमा प्रोटिनका मात्रा नपुग्दा कपाल झर्ने, छाला फुट्ने, तौल बढ्ने र मांसपेशी घट्ने समस्या देख्न थाल्छ । तर कम प्रोटिन खाएर हुने यी समस्या निकै कम देखिन्छ । साधारणतया यस्तो समस्या ती व्यक्तिमा देखिन्छ जसको खानपिनमा अत्यधिक गडबडी र अनियमितता हुन्छ ।

हामी यो मान्यता राख्छौं कि बडि बिल्डिङ र मांसपेशी विकासका लागि प्रोटिन आवश्यक छ । यो केही हदसम्म सही पनि हो । ताकत बढाउने व्यायाम गर्दा मांशपेशीहरुमा रहेको प्रोटिन टुट्न थाल्छ । यस्तोमा मांसपेशीलाई बलियो बनाउनका लागि प्रोटिन आवश्यक छ ता कि मसल्सको मर्मत हुन सकोस् । यसमा प्रोटिनमा पाइने ल्यूसिन नामको एमिनो एसिड निकै सहयोगी हुन्छ ।

केही जानकारका अनुसार अत्यधिक मुश्किल कसरत गरेपछि यदि हामीले प्रोटिन रिच डाइट नलिए, हाम्रो मांशपेशी टुट्नेसमेत गर्दछ । अर्थात, जिम जाने व्यक्तिहरुले प्रोटिन डाइट नखाँदा यसले फाइदाका साटो बेफाइदा पुर्याउँछ । त्यसकारण सप्लिमेन्ट बेच्ने कम्पनीले तपाईंलाई पटक पटक प्रोटिन शेकजस्ता खानेकुरा व्यायाम लगत्तै खानका लागि उक्साउँछन् ।

प्रोटिन सप्लिमेन्ट फाइदाजनक छ ?

अनुसन्धान कम्पनी मिन्टेलको सन् २०१७ को रिपोर्टका अनुसार ब्रिटेनको २७ प्रतिशत मानिसहरु प्रोटिन बार र प्रोटिन शेक खान्छन् । जो व्यक्ति हप्तामा दुई पटक वा सोभन्दा बढि व्यायाम गर्दछन्, उनीहरुलाई जोड्ने हो भने यसको संख्या ३९ प्रतिशत पुग्छ । तर रोचक कुरा के छ भे यीमध्ये ६३ प्रतिशतलाई मात्र थाहा छ कि उनीहरुलाई यो पोस्ट वर्कआउट प्रोटिन शेकले कति फाइदा पुर्याइरहेको छ । उनीहरुले यो पनि बताउन सकिरहेका छैनन् कि यसले उनीहरुलाई के असर गरिरहेको छ ।

सन् २०१४ मा गरिएको ३६ वटा अनुसन्धानको निचोड निकालेर भनिएको छ – व्यायामको सुरुवाती दिनमा प्रोटिन डाइट लिँदा फाइदा नै हुन्छ तर त्यसपछि यसको फाइदाबारे पक्का रुपमा केही भन्न सकिन्नँ ।

तपाईंलाई जति व्यायाम गर्ने बानी पर्छ, प्रोटिन शेक वा प्रोटिन बारको फाइदा पनि कम हुँदै जान्छ । जानकारका अनुसार यस्ता प्रोटिन डाइट कार्बोहाइड्रेटसँग खाँदामात्र फाइदा मिल्छ । यो पक्कै हो कि, प्रोटिनको यो मात्राले तपाईंको शरिरलाई हल्का र फिट राख्न भने सहयोग गर्दछ । तपाईं धेरै शारिरिक मेहनत गर्न सक्षम हुनुहुन्छ ।

तर यदि एथलेटिक्स र जिम जानेहरुलाई प्रोटिनको अतिरिक्त डोजले फाइदा पुर्याएको छ भन्दैमा तपाईंले पनि प्रोटिन सप्लिमेन्ट लिनुपर्छ भन्ने होइन । ब्रिटेनको स्टर्लिंग युनिभर्सिटीमा खानपिनका प्रोफेसर केविन टिप्टन भन्छन्, ‘धेरैजसो मानिसहरुले खानेकुरा बाटै शरिरलाई आवश्यक प्रोटिन पाउँछन् । कसैले पनि सप्लिमेन्ट खानुपर्ने आवश्यक छैन । तपाईं सजिलै आफ्नो खानपिनमार्फत पर्याप्त मात्रामा प्रोटिन पाउन सक्नुहुन्छ ।’

केविन टिप्टनका अनुसार प्रोटिन बार क्यान्डी बारजस्तै हो । मात्र त्यसमा थोरै प्रोटिन राखिएको हुन्छ । टिप्टनले बडी बिल्डरलाई पनि प्रोटिनबार लगायतका प्रोटिन सप्लिमेन्टको आवश्यकता नभएको बताउँछन् । सप्लिमेन्टको बजार ठूलो भएकाले यसको प्रयोग गर्नुपर्ने खबर बारम्बार आउने गर्छन् ।

केविन टिप्टनका अनुसार तपाईंको राम्रो स्वास्थ्यका लागि प्रोटिनको मात्र भूमिका छैन । तपाईं मज्जाले निदाउनुपर्छ । तनावमुक्त हुनुपर्छ र आफ्नो खानपिनमा ध्यान दिनुपर्छ ।

अन्य विज्ञ पनि मान्छन् कि प्रोटिनको आवश्यक मात्रा तपाईंले आफ्नो खानपिनबाटै हाँसिल गर्नुपर्छ । सप्लिमेन्ट यसको राम्रो स्रोत हो । लिभरपुलको जोन मूर युनिभर्सिटीका ग्रीम क्लोजका अनुसार एथलिटले मात्र प्रोटिनको सप्लिमेन्ट लिनुपर्छ ।

यसका साथै वृद्धवृद्धाले पनि खानपिनका साथै सप्लिमेन्टको रुपमा प्रोटिन लिन आवश्यक छ । ब्रिटेनको न्यूक्यासल युनिभर्सिटीकी एमा स्टिवेन्स खानपिनको सामान बेच्ने कम्पनीसँग काम गरिरहेकी छिन् । उनी स्न्याक्समा प्रोटिन मिसाउने सोच बनाइरहेकी छिन् विशेषगरी ती स्न्याक्समा जुन वृद्धवृद्धाले प्रयोग गर्छन् ।

धेरै प्रोटिन खाँदा हानी गर्छ ?

तपाईंले धेरै प्रोटिन खान त्यति सजिलो छैन । प्रोटिनलाई धेरैजसो तौल घटनाउनका लागि प्रयोग गरिन्छ । कम कार्बोहाइड्रेटयुक्त खानपिनले तपाईंको तौल कम गर्छ । केही प्रोटिन डाइटले पनि तपाईंलाई तौल कम गर्न सहयोग गर्दछ ।

यदि तपाईं बिहान प्रोटिनयुक्त खानेकुरा खानुहुन्छ भने दिनभरी तपाईंलाई भोक कम लाग्छ ।

एबरडीन युनिभर्सिटीकी एलेक्स जोन्सटनका अनुसार यदि तपाईंले आफ्नो खानामा कार्बोहाइड्रेट घटाएर प्रोटिनयुक्त खानेकुरा खानुहुन्छ भने तपाईंले निकै सजिलै तौल घटनाउन सक्नुहुन्छ । खानामा ३० प्रतिशत प्रोटिन, ४० प्रतिशत कार्बोहाइड्रेट र ३० प्रतिशत फ्याट समावेश गर्नुपर्ने उनको सल्लाह छ । यसो गर्दा तपाईंको आफ्नो तौल घटाउन सक्नुहुन्छ ।

औसत खानपिनमा १५ प्रतिशत प्रोटिन, ५५ प्रतिशत कार्बोहाइड्रेट र ३५ प्रतिशत फ्याट हुन्छ । यदि धेरै प्रोटिन खाँदा तौल घट्छ भन्ने सोच्नुभएको छ भने त्यो गलत हो । कुखुराको मासु र माछा खाँदा तपाईंलाई फाइदा हुनसक्छ । यस्तै रातो मासु खाँदा तपाईंको तौल बढ्न सक्छ । यसले क्यान्सर र मुटुरोगको खतरा पनि बढ्ने गर्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप