एकैपटक दशैँभरलाई पुग्ने मासु पकाउनु गलत
काठमाडौं–दशैँको समयमा खानपानमा धेरै ख्याल गर्नुपर्ने हुन्छ । आफ्नो स्वास्थ्य कस्तो राख्ने भन्ने कुरा हामीले खाने खानापानमा भरपर्छ । अझ दशैँमा खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
महत्वपूर्ण कुरा त के छ भने दशैँको समयमा पशुबध गरेकै दिन धेरै मासु पकाउने र दशैँभर प्रयोग गर्ने चलनसमेत रहेको छ। एकै पटक पकाएको मासु दशैँभर प्रयोग गर्नु झन्झट कम भए पनि स्वास्थ्यको हिसाबले फाइदाजनक नहुने डाक्टर पारस पञ्जियार बताउँछन् ।
चिकित्सकको भनाइलाई मान्ने हो भने सकेसम्म ताजा मासु खानु र कम खानु स्वास्थ्यको हिसाबले फाइदाजनक मानिन्छ ।
आज दशैंको अष्टमीको दिन । धेरैको घरमा खशी, बोकालगायत काटेर मासु तयार गरिएको हुनुपर्छ । यसरी तयार गरिएको मासु एक पटक पकाएर दशैँभर सेवन गर्नु स्वास्थ्यको दृष्टिकोणले लाभदायी मानिँदैन ।
कुनै पनि चाडपर्व मनाउँदास्वास्थ्यको लागि पनि सोच्नु पर्ने हुन्छ । पछिल्लो समय नेपालमा दैनिक रोगीको संख्या बढ्दै गइरहेको छ ।
डाक्टर पारस पञ्जियार भन्छन्, ‘हामीले खाने दैनिक खाना र चाडपर्वको समयमा स्वास्थ्यको लागि पनि विशेष ध्यान दिनुहुन म सबैलाई अनुरोध गर्दछु । खानेकुरामा ध्यान नदिँदा नेपालीहरु गम्भीर र ठूला रोगको सिकार बन्ने गरेका छन् ।’
यसकारण नखानुस् – डाक्टर पारस
डाक्टर पञ्जियार भन्छन्, ‘दशैँमा एक पटक पकाएको मासु दशैँभर किन खानुहुँदैन भने पकाएको मासुमा प्रोटिन नास हुँदै जान्छ । धेरै लामो समयसम्म स्टोर गरेर राखेको मासुमा विभिन्न भ्याक्टेरिया, भाइसर र फङ्गाइहरु बस्दै जान्छन् । त्यस्ता मासु सेवन गर्दा झाडापखाला लाग्ने सम्भावना हुन्छ । पोषण नास हुने र परजिवीहरुको बस्ने ठाउँ पनि त्यही मासुमा हुन्छ । जसले गर्दा त्यस्ता मासु सेवन गर्दा विभिन्न किसिमको समस्याहरु देखिन्छ ।’
उनी थप्छन्, ‘मेरो के सुझाव छ भने धेरै दिनसम्म मासु राखेर नखाएकै राम्रो । यदी स्वास्थ्यको हिसाबबाट हेर्नुहुन्छ भने त्यस्तो मासु राम्रो होइन ।’
तर सक्नु पर्छ भन्दैमा एकै दिनमा धेरै मासु खानु पनि स्वास्थ्यको लागि राम्रो मानिदैन ।
जस्तै मुस्लिमहरुले इदको दिन कुर्वानी गर्ने चलन छ । एक भाग आफूलाई राख्ने र ३ भाग अरुलाई बाँड्ने चलनलाई कुर्वानी भनिन्छ ।
यसरी सबैलाई बाँडेर खाँदा पनि स्वास्थ्यको हिसाबले यस्तो गर्नु सही अभ्यास मानिन्छ ।
‘हामीले पनि दशैँमा यसरी मासु तयार पारेको दिन धेरै मान्छेलाई बाँड्ने अर्थात बोलाएर खुवाउने हो भने त्यो मासु धेरै दिनसम्म बस्न पाउँदैन । धेरै दिनसम्म राखेको मासु खाँदा झाडापखाला, फ्रूड पोइजन, ग्यष्ट्रिक जस्ता समस्याहरु देखिन सक्छन् । राम्रोसँग नपाकेको मासु खाएमा मासुमा भएको किटाणु जिउँदै शरीरभित्र पस्ने र मानिसलाई समस्या हुन्छ ।’ डाक्टर पञ्जियार भन्छन् ।
सकेसम्म कलेजो नखादा राम्रो
विभिन्न अंगका मासु जस्तै मुटु, कलेजो, मिर्गौला, फोक्सो आदि पनि मासुको परिकारको रुपमा प्रयोग गरिन्छ ।
यी अंगका मासुमा कोलेस्टेरोलको साथै भिटामिन ए, डी, ई र केही मात्रामा भिटामिन बी पनि पाइन्छ । तामा, लौहतत्व, जिङ्क जस्ता खनिजतत्व पनि यी अंगमा प्रशस्त मात्रामा पाइन्छ ।
कलेजो फलामको राम्रो स्रोत भए पनि यसमा रासायनिक पदार्थहरु फोहरको रुपमा जम्मा हुने भएकाले सकेसम्म कलेजो उपभोग नगर्दा राम्रो हुन्छ ।
यस्तै रातो मासु हाली बनाएको ससेज जस्ता परिकारमा लामो समय संरक्षण गर्न प्रिजरभेटिभ राख्ने भएकाले यस्ता मासुका परिकार खानाले क्यान्सरको सम्भावना हुनसक्ने कुरा अध्ययनले देखाएको छ ।
रातो मासु प्रोटिनको स्रोत भएपनि स्वास्थ्यको दृष्टिकोणले उपयुक्त नभएको हुँदा थोरै परिमाणमा मात्र खानु हितकर हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता