विश्वभर किन भयो यूट्यूब डाउन ?
बुधबार, ३१ असोज २०७५, ०८ : ५५
काठमाडौं–चर्चित सामाजिक सञ्जाल यूट्यूब विश्वभर केहीघण्टा डाउन भएको छ ।
यूट्यूवले केही प्राविधिक समस्या आएको पुष्टि गर्दै पुरानै अवस्थामा फर्काउन प्रयास भइरहेको ट्वीटरमार्फत जानकारी दिएको छ ।
यूट्यूवले सेवा अवरुद्ध हुँदा प्रयोगकर्तामा पर्न गरेको असुविधाप्रति माफी पनि मागेको छ ।
प्रयोगकर्ताले यूट्यूव सर्च गर्दा सर्भरमा समस्या रहेको सन्देश देखिएको थियो ।
प्रयोगकर्ताहरुले समस्या देखेसँगै रिपोर्ट गर्न थालेसँगै यूट्यूटले ट्टीटरमा भनेको छ, ‘तपाईहरुले यूट्यूवको बारेमा गरेको रिपोर्टका लागि धन्यवाद । हामी यो समस्या समाधानका लागि काम गरिरहेका छौं र यसबारे समस्या समाधान भएपछि जानकारी गराउने छौं । तपाईहरुमा परेको असुविधाको लागि क्षमापार्थी छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा