फिल्म ‘डाइङ क्यान्डल’लाई सिंगापुरमा दुई अवार्ड
आइतबार, २८ असोज २०७५, १७ : २८
काठमाडौं – ‘सिंगापुर साउथ एसियन इन्टरनेशनल फिल्म फेष्टिवल’मा नेपाली फिल्म ‘डाइङ क्यान्डल’ ले दुई अवार्ड हात पारेको छ । फिल्मले उत्कृष्ट अभिनेत्री र छायाँकारको अवार्ड हात पारेको हो । अभिनेत्रीको अवार्ड सृजना सुब्बाले थाप्दा छायाँकारको अवार्ड दीपन्कर सिक्देर र रवीन आचार्यले पाए । नरेशकुमार केसीको निर्देशन रहेको फिल्मले दिदीभाईको आत्मीयताको कथा बिषय बनाएको छ ।
फेस्टिवलमा फिल्म नोमिनिज भएपछि निर्देशक केसी र अभिनेत्री सुब्बा सिंगापुर पुगेका थिए । फिल्मले अन्तराष्ट्रिय अवार्ड जित्नु आफ्नो लागि थप जिम्मेवारी थपिएको निर्देशक केसीले बताए । फिल्ममा सिर्जना सहित लाक्पा सिंगे तामाङ, सौगात मल्ल, अर्पण थापा, लगायतक कलाकारकबो मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ